राकेटिकको निर्णायक गोलमा बार्सिलोनाद्वारा रियल मड्रिड पराजित

काठमाडौं । स्पेनिस ला लागि फुटबलको दोस्रो ’एल क्लासिको’ खेलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ । चार दिनको अन्तरमा भएको दोस्रो ’एल क्लासिको’ खेलमा बार्सिलोनाले रियल मड्रिडलाई १–० गोल अन्तरले हराएको हो ।

जितसंगै बार्सिलोनाले रियलको उपाधि सम्भावनालाई निकै कठिन बनाई दिएको छ । बार्सिलोनाले ला लिगामा १० अंकको अग्रता लिन सफल भएको छ । बार्साको जितमा ईभान राकिटिकले विजयी गोल गरे ।

घरेलु मैदानमा रियलले बराबरीको कोशिश गरेपनि त्यो सफल हुन सकेन । चार दिन अघि कोपा डेल रे फुटबलमा बार्सासंग ब्यहोरेको हारको बदला लिने अवसर रियलले गुमाउन पुग्यो । दोस्रो सेमिफाइनलमा रियल पराजित हुँदै रियल प्रतियोगिताबाट बाहिरिएको थियो । शीर्ष स्थानको बा र्साको २६ खेलबाट ६० अंक छ । रियल ४८ अंक सहित तेस्रो स्थानमा छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु