हेलिकोप्टर दुर्घटना : शव काठमाडौं ल्याइपुर्‍यार्इएपछि शोकाकुल आफन्तहरु(फोटोफिचर)

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीसहितका ७ जनाको शव काठमाडौं ल्याइपुर्‍याइएको छ । यतिवेला देश नै शोकमा ढुबेको छ । बिहीबार बिहान काठमाडौं उपत्यका वरपरका डाँडाकाँडाहरु हिउँले सेताम्य बनेका थिए । केहीबेर घाम लागे पनि हेलिकोप्टर दुर्घटनामा मृत्युवरण गरेका मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौं ल्याइपुर्‍याउँदा यहाँको मौसममा समेत बदलाव देखिएको छ ।

दुर्घटनामा अधिकांशको शरीर जलेको अवस्थामा रहेकाले कतिपय शवहरु चिन्नसमेत गाह्रो छ । देशले यतिखेर ऊर्जावान बहालवाला नौजवान मन्त्रीलाई गुमाएको छ । मन्त्रीका साथमा उदीयमान पर्यटन व्यवसायी, नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु, इञ्जिनियर, पाइलट एवं सुरक्षाकर्मीसमेत देशले गुमाएको छ । यतिबेला सिंगै देश शोकमग्न छ ।
तस्विरमा शोकाकुल अवस्थामा रहेका मृतकका परिवारहरु

Comments

comments

सम्बन्धित शिर्षकहरु