पर्यटनमन्त्री भएपछि रवीन्द्र अधिकारीका मुख्य उपलब्धि

काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्नेखोलानजिक हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सबै सातजनाको निधन भएको छ ।
आजको नयाँ पत्रिका दैनिकले पर्यटनमन्त्री भएपछि रवीन्द्र अधिकारीका मुख्य उपलब्धि उल्लेख गरेको छः

१. मन्टियल सन्धि संसद्बाट पास गरी कार्यान्वयनमा ल्याए । यसले अन्तर्राष्ट्रिय हवाई दुर्घटनामा नेपालको बिमा २० लाख रुपैयाँबाट डेढ करोडभन्दा माथि पुग्यो ।

२. राष्ट्रिय गौरवका रूपमा घोषित भैरहवा, पोखरा, निजगढ विमानस्थल निर्माणमा तीव्रता, अल्झन फुकाउने काममा उनको सक्रियता विशेष थियो ।

३. उनको कार्यकाल अवधिमा नेपालमा सर्वाधिक पर्यटक नेपाल भित्रिए, सन् २०१८ मा ११ लाख ७३ हजार ३२ जना पर्यटक नेपाल आए ।

४. नेपाल भ्रमण वर्ष २०२० को आधार तयार पार्ने काम गरे । पर्यटन व्यवसायीमा आत्मविश्वास बढाउन उनको ठूलो भूमिका छ ।

५. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २१ घन्टा सञ्चालन, त्रिभुवन विमानस्थलको स्तरोन्नतिमा रहेका गाँठा फुकाउन सहजीकरण गरे ।

६. धनगढी र चन्द्रगढी विमानस्थलमा रात्रिकालीन उडान सुरु गरे । आन्तरिक नेपाली वायुसेवा कम्पनीले रात्रिकालीन विमान उपत्यकाबाहिर बस्ने गरी काम सुरु गरे । यसले त्रिभुवन विमानस्थलको चाप घटाउन भूमिका खेलेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु