पाकिस्तान सुपर लिगमा सन्दीपको उत्कृष्ट बलिङ

काठमाडौं । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानले पाकिस्तान सुपर लिग (पीएसएल)मा उत्कृष्ट बलिङ गरेका छन् । लाहोर कलन्दर्स क्लबबाट खेलिरहेका उनले बुधवारको खेलमा क्वेउटा ग्लाडिएटर्स क्लबविरुद्ध चार विकेट लिएका छन् । टी–२० खेलमा उनको अहिलेसम्मकै उत्कृष्ट बलिङ हो ।

सन्दीपले चार ओभरमा १० रन मात्र खर्चिए । उनको १५ बलमा विपक्षी खेलाडीले कुनै रन लिन सकेनन् । सन्दीपको बलमा आज विपक्षीले छक्का र चौकासमेत प्रहार गर्न सकेनन् । यसअघि उनले टी–२० प्रतियोगितामा चार ओभरमा ११ रन खर्चेर तीन विकेट लिएका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु