नख्खु बम काण्ड : मृतककाे परिवारलाई क्षतिपूर्ति दिने विप्लव पार्टीकाे घाेषणा

काठमाडौं । शुक्रबार साँझ ललितपुरको नख्खुस्थित एनसेलकाे मुख्यालयमा भएको बम बिस्फोटनमा परि ज्यान गुमेका मृतकका परिवारलाई विप्लव पार्टीले क्षतिपूर्ति दिने घाेषणा गरेका छन् । विस्फाेटनमा एकजना निर्दोष नागरिकको मृत्यु भएकाे थियाे भने दुईजना घाइते भएका थिए ।

विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीले बम विस्फोट जिम्मा बीबीसी नेपाली सेवामा अन्तर्वार्ता दिंदै यो घटनाकाे जिम्मा लिएका हुन् । यसै मिडियाद्वार उनले मृतकलाई क्षतिपूर्ति दिने बताएका हुन् । विप्लव समूहका नेता हेमन्तप्रकाश वलीले भने बीबीसीको अन्तरवार्तामा गृहमन्त्री बादललाई ठाडै चुनौती दिँदै ‘प्रचण्ड, बाबुराम र बादलहरुले अनाहकमा १७ हजार मानिसको ज्यान लिएकाे भन्दै तिनीहरुलाई सजायँ हुनुर्ने बताएका छन् ।

गृहमन्त्रालयले भने यस घटनालाई विप्लव समूहले राजनीतिक आवरणमा हिंसात्मक गतिविधि गर्न थालेको निष्कर्ष निकाल्दै कडा कारबाही गर्ने जनाएकाे छ । त्यसलगत्तै गृहमन्त्रालयको निर्देशनअनुसार प्रहरीले विभिन्न जिल्लाबाट २६ जना विप्लवका कार्यकर्तालाई नियन्त्रणमासमेत लिइसकेकाे छ । प्रहरीले देशैभरिबाट विप्लव समूहका कार्यकर्तालाई गिरफ्तार गर्ने अभियान पनि चलाएको छ ।

प्रहरी स्रोतका अनुसार अहिले नेपाल प्रहरीको केन्द्रदेखि सबै प्रदेश र ७७ वटै जिल्लामा रहेका प्रहरी कार्यालयहरुले विप्लव समूहका नेता-कार्यकर्ता खोजी, अनुसन्धान तथा निगरानी थालेका छन् । गृहमन्त्री रामबहादुर थापा बादल ‘अपराधीहरुलाई कानुनको कठघरामा ल्याइने बताएका छन् । नख्खुको घटनामा गृहमन्त्री थापा स्वयम्ले आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सामानन्तर सत्ताको अभ्यास गर्ने क्रममा विप्लव समूहले नख्खु घटना घटाएको दाबी गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु