सिड्नीमा फेरी एक नेपाली विद्यार्थी डुबेर बेपत्ता

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थी डुबेर बेपत्ता भएका छन् । साथीहरुसंग रोयल नेशनल पार्क गएका उनी डुबेर बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । संचारमाध्यमहरु डुबेका व्यक्ति २२ वर्षीय नेपाली विद्यार्थी रहेको बताएतापनि प्रहरीले भने अझै परिचय खुलाएको छैन ।

घटना सोमबार दिउँसो करिब २ बजेको समयमा घटेको हो । पानीमा एक २० वर्षीय युवक पनि डुबेका थिए । तर ती युवक ढुंगाको साहारा लिएर फर्किन सफल भए भने २२ वर्षीय युवक बेपत्ता भए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु