एअाइबिटी समस्या सेलाउन नपाउँदै अस्ट्रेलियामा अर्को कलेजलार्इ पनि धक्का

सिड्नी । पछिल्लो पटक एअाइबिटी समस्या सुल्झिन नपाउँदै  एक विद्यार्थिले फेरी सिधा कुरा जनतासंग कार्यकम मार्फत एक अर्को कलेजको बारेमा गुनासो गरेकी छिन् । अस्ट्रेलियाको सिड्नीमा संचालित एचएमअार्इ कलेजमा डिप्लोमा अफ नर्सीङ पढ्ने विद्यार्थिले उक्त गुनासो गरेकी हुन् । यस गुनासोबारे सत्यतथ्य पत्ता लगाउन असनेपालन्युजले कलेज व्यवस्थापनसँग सम्पर्क गरेको थियो । विद्यार्थिले ५०० नेपाली विद्यार्थि समस्यामा परेको बताएपनि कलेजले भने जम्मा  १० जना मात्र समस्यामा पर्न सक्ने बताएको छ ।

अस्ट्रेलियामा कानुनी रूपमा कलेज संचालन गर्नका लागी अस्ट्रेलियिन सरकार अन्तरगतको क्राइको(CRICOS) तथा अस्का(ASQA)मा दर्ता भर्इ अारटीअो तथा क्राइकोस नम्बर लिन पर्ने हुन्छ  निकायहरूमा दर्ता भएपनि अस्ट्रेलियामा नर्सको रूपमा काम गर्का लागी एनम्याक(ANMAC) सँग मान्यता प्राप्त गर्न पर्ने हुन्छ ।

उक्त मान्यताको लागि, एअाइबिटी, एमएचअार्इ तथा अन्य कलेजहरुले निबेदन दिर्इसकेका थिए, जसअनुसार एअार्इबिटीलाई एनम्याकले विभिन्न कारण देखाएर मान्यता खारेज गरेको थियो ।

एएचएमअार्इ कलेजका म्यानेजर भन्नुहुन्छ ‘हामीले अस्ट्रेलियन सरकारको नियम भित्र बसेर कलेज संचालन गरेका छाैँ र एनम्याकको मान्यता पाउनेमा पनि हामी पुर्ण अासावादी छाैँ । मान्यता प्राप्त गर्नका लागी ६ महिना देखि एक वर्षसम्म कुर्नु पर्ने हुन्छ । हामीले गलत गरेका भए त अध्यागमनले भिसानै दिने थिएन होला ।’

नियम अनुसार विद्यार्थिहरूले अाफ्नो पढार्इ सकेपछि अाफ्नो देश फर्किने वाचा सहित अफर लेटर तथा एसअोपीको अाधारमा अस्ट्रेलियाको अध्यागमन विभागले भिसा दिन्छ । यो विषय पढेर सकिएपछि अाफ्नो देशमा फर्केर काम गर्न पाउने भएपनि अस्ट्रेलियामै बसेर काम गर्न भने एनम्याकबाट मान्यता प्राप्त विषय हुनु पर्दछ ।

यो सबै समस्या गत जुनमा एनम्याकको नया नियम अाएपछि बढेको जनाइएको छ । परिवर्तन भएको नियमअनुसार विद्यार्थिले सर्टिफिकेट फोर सकेपछि डिप्लोमा अफ नर्सिङ पढ्न अाएल्समा ७ ल्याउन पर्ने हुन्छ । सर्टिफिकेट फोर पढ्ने सबै विद्यार्थिले थप पढ्नको लागी अाएल्सको प्रत्येक विधामा कम्तिमा ७ ल्याउन पर्ने हुन्छ ।

परिवर्तित नियम अनुसार अाफ्ना विद्यार्थि मर्कामा पर्न सक्ने कुरा महसुस भएपछि कलेजले डिप्लोमा अफ नर्सिङको कोर्स नै अाफ्नो कलेजबाट हटाएको थियो र मान्यता प्राप्त भएपछि मात्र नयाँ भर्ना लिने तयारी गरेको जनाएको छ । यस नियम अाउनु भन्दा अगाडी नै भर्ना भएका विद्यार्थिहरूलार्इ पर्न सक्ने समस्याको बारेमा भने कलेजले समय-समयमा उचित सल्लाह दिँदै अाएको कलेजले बताएको छ । डिप्लोमा अफ नर्सिङ पढ्ने ५० विद्यार्थि मध्य १० जना मात्र नेपाली विद्यार्थि रहेको कलेजले बताएको छ ।

कलेजका जम्म्मा ५०० जना विद्यार्थिमध्य ३५० विद्यार्थि अटोमेसन, विल्डिङ तथा कन्स्ट्रकसन विजनेश तथा इन्फोरमेशन टेक्नोलोजीमा अध्यन गरीरहेका छन् । बाँकी १५० जना विद्यार्थिहरू स्वास्थ्य क्षेत्रमा पढिरहेका छन् । ती मध्य ७४ जना विद्यार्थि सर्टिफिकेट फोरमा अध्यनरत छन् । उनीहरूले माथिल्लो तह डिप्लोमा अफ नर्सिङ तथा ब्याच्लर अफ नर्सिङ पढ्नको लागी अएल्समा ७ तथा ६.५ ल्याउन पर्ने नियम रहेको छ । अाएल्समा तोकिएको अंक ल्याउन नसके विद्यार्थिहरूले नर्सिङ बाहेक अन्य विषय छनोट गरी पढ्नु पर्ने हुन्छ ।

अाफ्नो कलेज पनि एअार्इबिटिको जस्तै समस्यामा परी बन्द हुने होकी भन्ने डरका कारण विद्यार्थीले गुनासो राखेको हुन सक्ने कलेजका व्यवस्थापक र मार्केटिङ म्यानेजरले असनेपालन्युजलार्इ भन्नुभयो । अहिले पढिरहेका विद्यार्थिहरूलार्इ कुनै पनि समस्या तथा प्रश्नहरू भएमा कलेज प्रशासनमा सम्पर्क गरेर सल्हाह तथा सुझाव लिन सक्ने कुरा कलेजकी मार्केटिङ म्यानेजर प्रशन्ना दाहलले जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु