वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको निधन

विराटनगर । वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको निधन भएको छ । गत शनिबार विराटनगरको श्री अस्पतालमा भर्ना गरिएका उनको गएराति निधन भएको हो ।

मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । भाषाविद् पोखरेल एक महिनादेखि बिरामी थिए । ८६ वर्षीय प्राध्यापक पोखरेललाई भारतको सिक्किमस्थित गान्टोकमा छोरीको घर गएको बेलामा मस्तिष्कघात भएको थियो । गान्टोकबाट काठमाडौं ल्याइएका उनको नर्भिक अस्पतालमा उपचार भएको थियो । स्वास्थ्यमा केही सुधार भएपछि उनलाई विराटनगर ल्याएर स्पार्क अस्पतालमा उपचार गराइरहेको थियो । एक्कासी स्वास्थ्य बिग्रिएपछि गत शनिवार श्री अस्पतालमा भर्ना गरिएकोमा स्वास्थ्यमा सुधार नआएपछि उनलाई घर लगिएको थियो । उनको गएराति १ बजे बिराटनगरको जलेज रोडस्थित आफ्नै घरमा निधन भएको हो ।

पोखरेलले १ सय ३० बढी पुस्तक लेखेका छन् । उपन्यास ४७, ८ वटा पाण्डुलिपी लगायतका धेरै पुस्तक उनले लेखेका छन् । उनले बालकृष्ण पोखरेलकै नामबाट भने ३ वटा पुस्तक मात्र लेखेका छन् । उनले खस जातिको इतिहाँस, १०० बर्ष र भाषाको शब्दकोष लेखेका छन् । उनलाई नजिकैबाट अध्ययन गरेकी कवि सीमा आभाषका अनुसार पोखरेलले आफ्नै पुस्तक पनि कतिलेखे भन्ने थाहा नभएपनि विभिन्न नामबाट उनले पुस्तक लेखेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु