यस्ता छन् एआईबीटी कलेज बन्द हुनुको रहस्य , दुतावास, सरकार, विध्यार्थी र संस्थाहरुका भनाइ (विज्ञप्ति / भिडियो सहित)

सिड्नी । अस्ट्रेलियाका करिब १२ सय भन्दा बढी नेपाली विद्यार्थीको भविष्य यतिबेला अन्योलमा परेको छ । अस्ट्रेलियाका
अस्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा पढाइ सकेर प्रमाणपत्र लिने अवस्थामा पुगी उज्वल भविष्यको कल्पना गर्दै बसेकै बेला कलेज बन्द भए पछि यसरि उनिहरुको भविष्य अन्योलमा परेको हो । दु:ख गरेर कमाएको  पैसा ‘एआईबीटी’लाई बुझाइसकिएको अवस्थामा अर्को कदम के चाल्ने भन्ने विषयमा कठिना सिर्जना भएको हो । यस सम्बन्धमा विभिन्न परामर्श् केन्द्र र विद्यार्थिहरू बीच अरोप-प्रत्यारोप चलिरहेको छ ।

 प्रठिष्त शैक्षिक परामर्श केन्द्रहरूको नाम पनि यसमा जोडिन पुगेका छन् । यसैबिच विभिन्न संस्थाले सार्वजनिक गरेका प्रेस विज्ञप्तिहरू यस प्रकार रहेका छन् ।

प्रेस-विज्ञप्ति( नेपाली राजदुतावास – क्यानबेरा)

Australia Institute of Business and Technology (AIBT) मा अध्ययनरत नेपाली विद्यार्थीहरूको समस्या समाधानका लागि यस राजदूतावास अष्ट्रेलियाको Department of Education and Training सँग निरन्तर सम्पर्क र छलफलमा रहेको छ । नेपाली विद्यार्थीहरूलाई परेको यस समस्याको घडीमा आ-आफ्नो क्षेत्रबाट सहयोग र सहजीकरणका लागि हिजो मिति 2075 फागुन 9 गते सिड्नीका लागि नेपालको अवैतनिक महावाणिज्यदूतको कार्यालयमा गैरआवासीय नेपाली सङ्घ, अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्टस अलाएन्स (AECA), वकिल, पत्रकार तथा अन्य सरोकारवाला निकाय एवम् संस्थाहरूसमेतको उपस्थितिमा एक छलफल कार्यक्रम आयोजना गरिएको जानकारी गराउन चाहन्छौँ । उक्त छलफल कार्यक्रममा प्रस्तुत समस्याको निकासका लागि सहजीकरण गर्न र प्रभावित विद्यार्थीहरूलाई आवश्यक र उपयुक्त काउन्सेलिङ प्रदान गर्न सम्बन्धित सबै सरोकारवालाहरू सम्मिलित एक कार्यदल गठन गर्ने सहमति भएअनुसार राजदूतावास, अवैतनिक महावाणिज्यदूतावास, NRNA, AECA, अष्ट्रेलियामा रहेको अन्तर्राष्ट्रिय विद्यार्थीहरुको छाता सङ्गठन (CISA), Vision for Motivation (VFM) का प्रतिनिधि सम्मिलित कार्यदल गठन गरिएकोले प्रभावित विद्यार्थीहरूले राजदूतावासका साथै उल्लिखित व्यक्ति एवम् संस्थाहरूमा समेत सम्पर्क गर्न सक्ने ब्यहोरा अनुरोध गर्दछौँ ।

यसका साथै विद्यार्थीहरूलाई आवश्यक पर्ने सल्लाह, सुझाव, सूचना एवम् जानकारी प्रदान गर्ने उद्देश्यले मिति 26 फेब्रुअरी 2019 मङ्गलबारदेखि सञ्चालनमा आउने गरी सिड्नीस्थित अवैतनिक नेपाली महावाणिज्यदूतको कार्यालयमा हेल्पडेस्कको स्थापना गरिएको छ । हेल्पडेस्कको सम्पर्क नं. 0294600322 र इमेलः [email protected] रहेको छ । उक्त हेल्पडेस्कमा सम्पर्क गरी आफ्ना समस्याहरू राख्न र सूचना एवम् जानकारी लिन सकिने छ ।

Australian Skills Quality Authority (ASQA) ले मिति 19 फेब्रुअरी 2019 मा AIBT को दर्ता खारेजी गरेको र खारेजीको निर्णयउपर उक्त कलेजले 28 दिनभित्र Administrative Appeals Tribunal (AAT) मा अपील गर्न सक्ने व्यवस्था रहेको हुँदा AAT बाट अन्यथा निर्णय नभएमा खारेजीको निर्णय 26 मार्च 2019 पछि मात्र लागू हुने सन्दर्भमा सम्बन्धित सबै विद्यार्थीहरूलाई नियमित रूपमा Class attend गर्न र कलेज नछाड्न अनुरोध गर्दछौँ । साथै, तत्काल भिसाको म्याद सकिन लागेका विद्यार्थीहरूले आफ्नो Visa extension का लागि कलेजमा सम्पर्क गर्नसमेत अनुरोध गर्दछौँ ।

यस समस्याको सुरुवातदेखि नै विद्यार्थीहरूसँग समन्वय गरी उनीहरूका समस्या सुन्ने र सल्लाह, सुझाव तथा परामर्श दिने कार्य गरिरहेका Council of International Students Australia (CISA), पत्रकारहरू एवम् सम्पूर्ण नेपाली समुदायप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि विद्यार्थीहरूलाई आवश्यक सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा गर्दछौँ ।

उच्च अध्ययन गर्ने उद्देश्यका साथ अष्ट्रेलिया आएका नेपाली विद्यार्थीहरूलाई पर्न गएको प्रस्तुत समस्यालाई गम्भीरतापूर्वक लिई समस्या समाधानका लागि यस राजदूतावास र नेपाल सरकार, परराष्ट्र मन्त्रालयबाटसमेत अष्ट्रेलियन सरकारका सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्क र छलफल भइरहेकोले हाललाई सम्पूर्ण विद्यार्थीहरूलाई संयमित एवम् धैर्य रहन हार्दिक अनुरोध गर्दछौँ ।

२२ फेब्रुअरी २०१९
नेपाली राजदूतावास
क्यानबेरा

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस

एआईबीटी

 कंगारु एजुकेशन फाउण्डेसन

 अल्फाबिटा

काठमाडाैँ इन्फोसिस

AIBT Issues
——————

We would like to inform everyone who have been affected by the news of Australian Institute of Business and Technology (AIBT) failing to get ANMAC approval for its Diploma of Nursing and the cancellation of its registration that KIEC is scrutinizing this matter very carefully. We would like to assure the affected students and their parents that KIEC is willing to do whatever it takes to assuage the situation.

The —- five (5) —— students who went to AIBT to pursue their diploma of nursing through KIEC have already been contacted and are in regular touch of KIEC Nepal and Sydney office and we have been working day night to resolve the issues. They have been suggested to hold their nerves and stay calm and positive. KIEC feels very grateful to have such understanding and tolerant students.

We are thankful for the initiatives taken by the Organizations/Associations: Council International Students Australia (CISA), AAERI- Nepal, NAAER, ECAN, Australian Education Consultants Alliance (AECA), NECA.

We strongly affirm that we won’t let the students battle this situation alone. We have always acted as the guardian of our students and will continue to do the same no matter what.

Regards
KIEC (Kathmandu Infosys)

ECAN

एबिसी एजुकेसन एण्ड माइग्रेसन

अस्ट्रेलियन एजुकेशन कन्सलटेन्ट एलायन्स

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

एनअारएनए अस्ट्रेलिया

अस्ट्रेलियामा आउने वा आउन तयारिमा रहेका विध्यार्थिहरूले आफुलाई सुरक्षित राख्न चाल्नै पर्ने कदम यस्ता छन् (भिडियो सहित )

Comments

comments

सम्बन्धित शिर्षकहरु