सिड्नीमा ममताको ‘ जीवनका तरङ्ग “लोकार्पण गरिंदै

असनेपालन्युज । सिड्नी ।
कवयित्री ममता तिवारिको प्रथम कृति “जीवनका तरंग ” को सिड्नीमा लोकार्पण हुने भएको छ । कविता विधामा समर्पित तिवारीको सो कृति यहि मार्च ३ गते , हिमालयन रेस्टुरेन्ट रकडेल बाट लोकार्पण हुने भएको हो । अस्ट्रेलियाको सिड्नीमा बसेर नेपाली साहित्यका अनेक गतिविधिमा आफुलाई सरिक गराउंदै आएकि नेपाली साहित्य वाङ्मयाकि एक नारी हस्ताक्षर तिवारीले आफ्नो पुस्तकमा प्रवास देखि घरदेश सम्मकै जीवनका रङहरुले पोतेकि छिन्। ” यो आफ्नो प्रथम कृति भए पनि यसमा वर्तमान यान्त्रिक जीवन शैलीलाई काव्यका गुंथाहरूमा भरपुर रुपले सजाएकै कारण पाठकको मन जित्ने विश्वास लिएकि छु ” कवयित्री तिवारी असनेपालन्युजलाई बताउंछिन्। सो कार्यक्रम मार्च ३ आईतवार १२ बजे नेपाली समुदाय तथा उहांको माता-पिता समेतको उपस्थितिमा आयोजना हुने जनाईएको छ । अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) एन एस डब्लुको आयोजनामा हुन लागेको सो कार्यक्रम को प्रवेश निशुल्क रहेको जनाइएको छ । सर्जक तिवारी अनेसास एन स डब्लुको उपाध्यक्ष समेत हुनुहुन्छ । ##ausnepalnewsDotCom   
 

Comments

comments

सम्बन्धित शिर्षकहरु