जामाविमा ‘शिव प्रसाद सापकोटा स्‍मृति अक्षय कोष’ विस्तार तथा उत्प्रेरणात्मक योग शिविर

असनेपालन्युज ,वाहुनिपाटी । गरिव जेह्न्दार तथा प्रतिभाशालि विध्यार्थीहरुको सहयोगार्थ जालपा देवि माध्यामिक विद्यालय बाहुनीपाटी सिन्धुपाल्चोकमा एक अक्षयकोष विस्तार गरिएको छ । मेलम्ची नगरपालिका वडा नं १२ , पिपलचौर निवासि स्व शिक्षक शिव प्रसाद सापकोटा को स्‍मृतिमा “शिव प्रसाद सापकोटा स्‍मृति पुरस्कार “विस्तार गरिएको हो । प्रारम्भमा ३ लाख रुपैयां बाट शुरु भएको सो कोष यो वर्ष देखि ५ लाखमा विस्तार गरिएको हो । यस बाट सो विध्यालयमा अध्ययनरत सम्पूर्ण विध्यार्थी लाभान्वित हुने र यसले विध्यार्थीहरू विच हौसला मिलेको विद्यालयका प्रधान अध्यापक बिष्णु गौतम असनेपालन्युजलाई बताउंनु हुन्छ । योग तथा सकारात्मक सोचका अन्तर्रास्ट्रिय अभियन्ता तथा प्राध्यापक आचार्य राजन शर्मा (भीमसेन सापकोटा ) ले स्थापना गर्नु भएको सो अक्षय कोष गत वर्षदेखि सन्चालनमा आएको हो । विद्यालयको प्राङ्गणमा हालै आयोजित “अक्षय कोष विस्तार तथा उत्प्रेरणा ‘कार्यक्रमलाई सन्चालन गर्दै आचार्य राजन शर्माले ” समाज परिवर्तनका लागि धन भन्दा पनि मन ठुलो पार्ने संकल्प गरौं सबैजना सहयोगका लागि योग्य छौं “भन्नु भयो । यस्तै उहांले ‘महान भविष्यका लागि महान विगत र आधारहुनु नपर्ने बताउंदै यहि भुमि बाट हामी विश्वलाई योगदान दिन सक्ने पुस्ता तयार पार्न सकिन्छ भन्दै सबैलाई ३ घण्टा लामो जीवन पयोगि उत्प्रेरणात्मक प्रवचन र योग शिविर सन्चालन गर्नु भएको थियो । विध्यार्थीहरूलाई स्‍मृति शक्त्ति बढाउंने विभिन्न योग मुद्रा , आसन तथा प्राकृतिक चिकित्सा पद्दति गराउंदा छात्र -छात्रा तथा अध्यापकहरू उत्प्रेरित बनेका थिए ।
विध्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद नेपाल , मेलम्ची खानेपानि परियोजनाका अध्यक्ष उपेन्द्र तमाङ लगायतले सो कोषले विध्यार्थीको प्रतिभालाई वढाउंन सहयोग गर्ने तथा विध्यालयको गरिमालाई बढाउंने विचार प्रकट गर्नु भएको थियो । सो अवसरमा आचार्य राजन शर्माले विध्यालको पुस्तकालयकालागि पनि अन्तर्‍ास्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) को तर्फ बाट पुस्तकहरू समेत हस्तान्तरण गर्नु भयो ।

गत वर्षको उत्प्रेरणा शिविरको झलक ! भिडियोमा ।

तनाव नियन्त्रणमा आत्मरन्जन !
The Art oF Happiness in Jalapa Devi Secondary School ,Bahunipati,Melamchi with Acharya Rajan Sharma(Bhimsen Sapkota)

Comments

comments

सम्बन्धित शिर्षकहरु