शब्दालय” साहित्यिक पत्रिका प्रकाशित हुँदै।

“शब्दालय” साहित्यिक पत्रिका समाचारदाता

नेपाली साहित्यिक पत्रिका “शब्दालय” प्रकाशन हुने भएको छ | हाललाई त्रैमासिक ई- पत्रिकाकाको रुपमा प्रकाशन गरिने र निकट भविष्यमा साप्ताहिक रुपमा प्रकाशन हुने सम्पादक समूहका गोवर्धन पूजाले बताए | साहित्यिक पत्रकारितामा लामो अनुभव संगालेका पूजाले शब्दालय साहित्यिक सम्पूर्ण पत्रिका हुने बताउदै वेव साइट तयार भैरहेकाले आगामी दिनमा यसलाई सबैको पत्रिका बनाउन प्रयास गर्ने बताए |


नेपाली साहित्यलाई विश्व पाठकमाझ पुरयाउने, घरदेश र परदेशका साहित्यिक सिर्जनालाई समन्वय गरेर साहित्यिक बिकासमा टेवा पुरयाउने उदेश्य बोकेको उक्त प्रयासले नेपाल र काम बिशेष प्रवासमा रहेका सर्जकबीच पूलको काम गर्ने उनको दावी छ | अन्नपूर्ण पोस्ट दैनिकमा आठ बर्ष बरिष्ट उपसम्पादकका रुपमा काम गरेका पूजाले आकाश, अनावरण, वृष्टि , अन्तर्दृष्टि , कालान्तर, समानान्तरण , मधुरसलगायतका दर्जनौ बिबिध पत्रिकाका सम्पादकका रुपमा अनुभव संगालेका छन् | पूजाले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय महासचिवका रुपमा दुई कार्यकाल काम पनि गरेका थिए |

सम्पादक मण्डलका कृष्ण कुसुमले शब्दालय पत्रिकालाई उत्कृष्ट बनाउन सबै प्रयास गरिने बताउदै साहित्यकारको कलमको सम्मानार्थ बर्षभरिमा प्रकाशित सिर्जना मध्ये गध्य र पद्धबाट एकएक सिर्जनालाई २५०/ २५० अमेरिकी डलरसहितको सम्मान पनि दिइने बताए |

सम्पादक मण्डलकै अर्का सदस्य राजकुमार पुडासैनीले शब्दालयले बिदेशमा रहेका साहित्यकारहरूको कृति प्रकाशनमा पनि सहयोग पुरयाउने बताउदै कृति प्रकाशन गर्न चाहने सर्जकको कृति प्रकाशन गर्न सहयोग गर्ने ,सम्पादन, छापाखाना र डेक्सटपको काममा शब्दालय परिवारले सहयोग गर्ने बताए |

साहित्यकार सतिश त्रिपाठीले शब्दालयले प्रवासी साहित्यकारको प्रकाशित कृति वितरणमा सहयोग गर्ने उदेश्य राखेको बताउदै नेपाली साहित्यको फैलावटमा बिशेष काम गर्ने बताए | त्रिपाठी पनि सम्पादक समूहमा रहेका छन् |

विश्वका बिभिन्न मुलुकमा रहेका साहित्यिक सर्जकहरूको आवद्दता रहेको शब्दालय प्रकशनले नेपालमा छिट्टै प्रकाशन गृह संचालन गरेर नेपाली साहित्यको सेवामा लागेका सर्जकको कृति प्रकाशनमा सहयोग गर्ने उदेश्य राखेर काम आरम्भ गरेको छ |

Comments

comments

सम्बन्धित शिर्षकहरु