प्रवासी नेपाली एकता मञ्च न्यू साउथ वेल्सको आयोजनामा सिड्नीमा नयाँ वर्ष २०१९ को शुभकामना आदान प्रदान तथा रात्रीभोज कार्यक्रम सम्पन्न।

प्रवासी नेपाली एकता मञ्च न्यू साउथ वेल्सको आयोजनामा सिड्नीमा नयाँ वर्ष २०१९ को शुभकामना आदान प्रदान तथा रात्रीभोज कार्यक्रम सम्पन्न भएको छ।

२ फेब्रुअरी २०१९ मा सम्पन्न सो कार्यक्रम रकडेल स्थित  प्रिन्सेस हाइवेमा अवस्थित थड आई नेपाली रेस्टुरेन्ट मा  भएको  थियो। सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे रहेका थिए भने अतिथीहरु एनआरएनए आईसिसी ओसेनिया केर्डिनेटर धर्मराज अधिकारी,राजन कुमार बस्नेत,डा.जगदिस तिम्सीना,हिमलाल गैरे,यादव देवकोटा,झलक ढुङ्गाना सहित थूप्रै अतिथीहरुको सहभागिता रहेको थियो। सो कार्यक्रमका प्रमुख अतिथी रमेश पाण्डे,अतिथी हेमन्त ओझा लगायत सबै अतिथीहरुबाट शुभकामना मन्तब्य रहेको थियो।

एक आपसमा परिचय तथा भेटघाट गर्ने साथै नयां वर्ष २०१९ को शुभकामना आदान प्रदान गर्ने उदेश्यका साथ गरिएको सो कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च न्यू साउथ वेल्सका अध्यक्ष लक्ष्मण श्रेष्ठले अध्यक्षता निर्वाह गरेका थिए भने सो कार्यक्रममा चुन्न क्षेत्रीले स्वागत मन्तब्य राखेका थिए । सो कार्यक्रमको सञ्चालन कृष्ण सापकोटाले गरेका थिए।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु