सिड्नीमा आउँदै “गरूड पुराण”

राजन घिमिरे , सिड्नी । ‘माईजू दर्शन’, यतिबेला नेपाली चलचित्रहरुको भिडमा यो संबाद निकै चलचिरहेको छ । कलाकार नाजिर हुसैनले बोलेको यो सम्बाद हो चलचित्र गरूड पुराणको ।

नेपालमा प्रदर्शन भैसकेको यही चलचित्र गरूण पुराण अब सिड्नीमा पनि प्रदर्शन हुने भएको छ । हांस्यप्रधान यो चलचित्रलाई सिड्नीमा हैट क्रियशनले ल्याउन लागेको हो । चलचित्र गरूण पुराण १० फ्रेबुअरीका दिन हर्सभिलमा रहेको सिभिक थिएटरमा साँझ ६ बजे प्रदर्शन हुने जानकारी राजिबसिंह ठकुरीले दिए ।

सुभाष कोइरालाको निर्देशन रहेको यो चलचित्रको छुटको टिकट सकिसकेको र अब २५ डलरको टिकट मात्र बाँकी रहेको कुरा बताईएको छ । चलचित्रमा नाजिर हुसैन,कर्मा,प्रबिन खतिवडा र प्रियंका सिंह लगाएतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्र हेर्न सिड्नीमा रहनु भएका दर्शकहरूले www.asapticket.com.au बाट टिकट काट्न सक्ने जानकारी गराईएको छ।

सम्बन्धित शिर्षकहरु