पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै बृद्धि गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा २-२ रुपैयाँ वृद्धि भएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा ९७ रुपैयाँ पुगेको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार भाउ बढाएको हो ।

निगमलाई अहिले १ अर्ब ६ करोड सञ्चित नोक्सानी छ । यो पटक मूल्य समायोजनपछि निगमलाई १५ दिनमा १ अर्ब १६ करोड नाफा हुने प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । अन्तर्रा्ष्ट्रिय बजारमा मूल्य निकै सस्तो हुँदा पनि सरकारले त्यसअनुरुप मूल्य समायोजन गरेको छैन । आफू सञ्चित घाटामा रहेको तर्क गर्दै निगमले मूलय समायोजन गर्दा नाफा बढाउँदै लगेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु