टी–२० सिरिजमा इतिहास रच्न नेपाललाई आज जीत्नै पर्ने दवाव

काठमाडौं । पहिलो खेलमा २१ रनको हार बेहोरेको नेपालले आज हुने दोस्रो टि–२० खेल जित्नै पर्ने दवाव बढेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेको नेपालले घरेलु टोलीविरुद्ध दोस्रो टी–२० क्रिकेट खेल्दैछ । तीन खेलको टी–२० सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र यूएईबीचको खेल नेपाली समय अनुसार २ः४५ मा सुरु हुनेछ । घरेलु टोलीविरुद्धको दोस्रो खेलका लागि मैदान उत्रदा नेपाल सिरिज जोगाउने लक्ष्यमा हुनेछ ।

पहिलो खेलमा २१ रनले पराजित नेपाल दोस्रो खेलमा जीत निकाल्दै ३ खेलको सिरिज १–१ को बराबरी गर्न चाहन्छ । तर, घरेलु टोलीविरुद्ध नेपाललाई जीत निकाल्न निकै कठिन हुनेछ । पहिलो खेल गुमाएर पनि पछिल्ला दुई खेल जितेर एकदिवसीय सिरिजमा कब्जा जमाउन सफल नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ ।

यस्तै पहिलो टी–२० सिरिज जित्ने लक्ष्य बोकेको नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो खेलमा परजय व्यहोरेमा नेपालले एक खेल अगाबै सिरिज गुमाउनेछ । जीत निकाले पहिलो टी–२० सिरिज जित्ने आशा कायम रहनेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु