मन छुने लाइनहरू, जसले हाम्रो सोचलाई हल्लाई दिने छन्

मन छुने लाइनहरू जसले सोचलाई बदल्ने ताकत राख्छन्।

जीवनलाई संभावना ले कुंदन सकिन्छ । मेहनतको अगाडि असफलता आँफैं शीर झुकाउंछ ।

केहि गरेर त हेर्नुहोस्, केहि सफलता अवश्य मिल्नेछ ।

न्युटनको चालको सिद्दान्त झैं आलस्य गरेर बसियो भने आलस्यमै जिन्दगी जानेछ , सकृय बनियो भने सकृयताले नै जीवन सजिने छ।

हरेक मान्छे महत्व पूर्ण हुन्छ , एउटा ढुङ्गाको त काम आउंछ भने तपाईं त मान्छे ,कहिल्यै कमजोर नसोच्नुस्।

सबैलाका लागि असल बन्न नसके पनि सबै संग असल ब्यवहार गर्न सिकौं । आफुले गरेको सत्कर्म कहिल्यै खेर जाने छैंन।

हामि कहिल्यै पूर्ण नहुन सक्छौं तर पूर्णता तर्फ भने अवश्य पाइला चाल्न सक्छौं ।

सबै चोट खानेहरु सफलहुदैनन् , सफल तिनै हुन्छन् जसले चोटखप्न जानेका हुन्छन् ।

राम्रा काम गर्नेहरू मरिसकेपछि पनि मानिसहरूको हृदयमा जीवित रहन्छन् । तर नराम्रा काम गर्नेहरू मर्नुभन्दा अगाडि नै मानिसहरूका आँखामा मरिसकेका हुन्छन् ।

शरीर सुन्दर हैन , मन सुन्दर बनाउने अभ्यास गरौं , अरूलाई देखाउन हैन आफ्नै लागि जीवन जिउं ।

जब सम्म पैसाले किन्न नसकिने वस्तुहरू आफुमा हुंदैनन्, तब सम्म जति सम्पत्ति भए पनि आफुलाई धनीको परिभाषामा नराखेको राम्रो ।

~आचार्य राजन शर्मा

जीवनलाई नयाँं दिशामा लगाउंने एउटा रोचक भिडियो , हेरौं नबदलिए सुखै छैन ।

सम्बन्धित शिर्षकहरु