जब गजलमय बन्यो अमेरिकाको डालस।

गजल यात्रा टेक्सास र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डालस को संयुक्त आयोजनामा यहि जनवरी २६ देखि २७ सम्म अमेरिकाको डालस मा गजल उत्सब २ भब्यताका साथ सम्पन्न भएको छ ।अर्भिंगस्थित नेपाली मन्दिरमा आयोजना गरिएको  सो गजल कार्यक्रममा अमेरिकाका ६ वटा राज्यका १२ वटा शहरहरुबाट आएका २४ गजलकारहरुले आ-आफ्नो तीन तीन वटा गजल वाचन गरेका थिए ।

पहिलो दिनको सो कार्यक्रममा करीब छ घण्टा सम्म लगातार गजल प्रस्तुत् गरिएको थियो भने सोहि कार्यक्रममा गजल गायनले अझ बढि रौनकता थप्यो।  दोश्रो दिनको सो कार्यक्रममा डायस्पोरामा नेपाली गजल लेखनको सम्भावना, चुनौती र विकास बिषयमा छलफल सहितको कार्यशाला आयोजना गरिएको थियो ।
आगन्तुक पाहुना, गजलकारहरु तथा गजल प्रेमीहरुलाई गजल उत्सव-२ का संयोजक पवन लामिछानेले स्वागत गरेका थिए ।यसैगरि  गजल यात्राका अभियन्ता बासु पुस्पा अधिकारीद्वारा गजल यात्राका गतिबिधिहरु प्रस्तुत गर्दै  केहि समय अघि गरिएको अनलाइन गजल प्रतियोगिताको नतिजा समेत सुनाइएको थियो । अनेसास डालस च्याप्टरका अध्यक्ष कपिल अधिकारीले सुभचिन्तक, प्रायोजक एबम सहयोगीहरुलाई धन्यवाद दिंदै  सबै प्रति आभार प्रकट गरे।

सो कार्यक्रममा   गजलकारहरु राधाकृष्ण काफ्ले (डालस), पुजा वागिस (डालस), किरण मानिके (एट्लाण्टा), पदम बिस्वकर्मा (कोलोराडो), बासु पुस्पा अधिकारी (डालस), शेरु उदास (एट्लाण्टा), भुपेन्द्र महत (कोलोराडो), कृष्ण कुसुम (न्यु जर्सी), पवन लामिछाने (डालस), डिल्लु चम्लागाई (ओहायो), सरु काली (डेण्टन,) ,गोवर्द्धन पुजा (बोस्टन), नेत्र प्रसाद आचार्य (डालस), सतिश त्रिपाठी (ह्युस्टन), सुरेश वाग्ले (बोस्टन), दिपेन ढुंगाना (डालस), बिटु केसी (ह्युस्टन), नरेस गौतम (ओहायो), आनन्द मोहन खनाल (डालस), खेमराज गैराघरे (डालस) अमृत लामिछाने (ह्युस्टन) यदुनाथ अधिकारी (डालस), इश्वरी कार्की (वर्षावे) को सक्रिय सहभागिता रहेको थियो।

सो कार्यक्रममा मिठो स्वरका धनी डालसका केशव पौडेल, भिम चापागाईं र सबिन दंगाल र ह्युस्टनका बिलोल पोखरेलको  गजल गायनले सबैलाई मन्त्रमुग्ध बनाए। सो कार्यक्रममलाई सफलतापूर्वक सम्पन्न गराउन लभ एण्ड सपोर्ट फाउन्डेसन, आमा फाउन्डेसन, कार्की सिपीए, खरेल इन्सुरेन्स एजेन्सी, डिएफ़डब्लु येति होम्स, बोधी क्रियसन, एभरेस्ट एसियन मार्ट, न्यु योर्क लाइफ, फिस्टेल रेस्टुरेन्ट, माइ इलाइट्स लगायतको सहयोग साथै प्रायोजनको भूमिका निर्वाह गरेका थिए। सो कार्यक्रमको  संचालन अनेसास डालस च्याप्टरका महासचिव सुमन काजीले गरेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु