सुनचाँदीको भाउ बढ्यो, कति छ आज ?

काठमाडौं । सुनचाँदीको भाउ बढेको छ । हप्ताको पहिलो दिन आइतबार सुन तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ६१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रबार तोलामा ३ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार भने ६ सय रुपैयाँ बढेको हो । यस्तै चाँदी पनि आइतबार तोलामा १० रुपैयाँ बढेर ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु