प्रभु बैंकको सिइओमा पुन: अशोक शेरचन नियुक्त, थपियो चार बर्षको अवधि

काठमाडौं । प्रभु बैंकको सिइओमा पुनः अशोक शेरचन नियुक्त भएका छन्। यहि माघ १८ गते उनको कार्यकाल सकिँदै गर्दा सञ्चालक समितिले आगामी ४ वर्षको लागि शेरचनलाई सिइओमा नियुक्त गरेको हो। उनी प्रभु विकास बैंक र किष्ट बैंक मर्जरका बेला नायव प्रमुख कार्यकारी थिए। शेरचनसँग एनसिसी बैंक, एनबी बैंक, प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकसम्म २१ वर्षको बैंकिङ गरेको अनुभव छ।

प्रभु बैंकले ग्रान्ड बैंकसँग एकसाथ कारोबार सुरु गरेपछि सिइओको जिम्मेवारी शेरचनलाई दिइएको थियो। प्रभुमा शेरचनलाई दोस्रो कार्यकालका लागि जिम्मेवारी दिइएको हो।

Comments

comments

सम्बन्धित शिर्षकहरु