भत्किएका सपनाहरु

प्रमोद सापकोटा, ब्रिसवेन।

काठमाडौं स्थाइ घर, तीन दाजुभाइमध्येका जेठा तेजप्रकाश नाम परिवर्तन आफैं तेज थिए। उनकै भनाइलाई पत्याउने हो भने उनले कहिल्यै दोस्रो हुन जानेनन्। नेपाल पुलिसका उपल्ला दर्जाका बावु, दिपेन्द्र प्रहरिको अब्बल पढाइ, अनि कडा अनुशासनले उनी हिंडेको पाइला फर्किनु परेन। सन् २००५मा अष्ट्रेलिया हानिएका उनले नातागोता आफन्तसँगको सम्बन्ध तोडेकोनै करिब १२ वर्ष पुग्न लाग्यो। अब त ड्याडि ममिले पनि बिर्सिसक्नुभयो होला – उनले सुनाए। यो १२ वर्षमा प्रविधीले फड्को मारिसक्यो तर उनले त्यसको अनुभव गर्न पाएका छैनन्।

सर्लाही हरिवनमा माध्यमिक शिक्षा पूरा गरेर काठमाडौं हानिएका  दिनेशले भने करिब आठ वर्षपछि आफ्ना परिवारलाई सम्पर्क गरेर आफू जिवितै रहेको र छिट्टै घर फर्कने आश्वासन दिए। त्यो पनि काँधमा बोकेर स्कुल पुर्याउने बावुलाई काँध दिएर अन्तिम बिदाई गर्न नपाएपछि पिरोलिएकी आमाको मायाले तानेर सम्पर्क गरेका रे उनले। छोराको खोजी गर्दा गर्दा थाकेर रन्थनिएको रातमा चिटचिट पसिना काढेर सुतेका उनका बावुले बिहान देखेनन्। पछि हस्पिटलले हर्ट अट्याकको ट्यााग लगाईदियो। चिसो भइसकेको शरिरमा अागो लगाउँदा छरछिमेकिले छोरालाई गरेको अपमानको फेहरिस्त सुनाउँदै आठ वर्षपछि छोरोसँग मनको बह पोखेकी आमालाई भने उनले ढाँट्न सकेनन्।  त्यसैले उनले चाँडै फर्कने झुटो सपना बाँढेनन्।

उमेरले ३५ पुगेका तेजप्रकाश र दिनेशले अब सम्भवत आफ्नो परिवारलाई फेरि भेट्न पाउने छैनन्। यसको गणितिय सम्भावना बाहेक अरु केही बाँकि छैन। युवा जोश र हिम्मतको जहाज चढेर क्रमस सिड्नी र ब्रिसवेन टेकेका दुवैको कथा समान छ।

सिड्नी बसाईको करिब दुई वर्ष सिड्नीको ईनर वेष्टतिर विताएका तेजले त्यस समय जीवन र जगतबारे के बुझे थाहा छैन तर गलत बाटो अंगालेर सबै तहसनहस भइसक्दा उनी हिंडेको बाटोमा उज्यालो कतै बाँकी थिएन। तेजप्रकाशले आफ्नो जिवनको बत्ति त निभाए नै, त्यसभन्दा पर आफ्ना आफन्तको घरको बिजुलिको लाइन पनि काटिदिए। उनको खोजीमा उनका भाइहरुले के मात्र गरेनन्। पहुँचवाला व्यक्तिको परिवार भएपनि उनको सास वा लाशको स्थिती तेजप्रकाश आफैंले सम्पर्क नगर्दासम्म थाहा भएन। आज तेजप्रकाश जहाँ छन् र जुन पापको प्रायश्चित गर्दैछन् त्यहाँ फगत उनि एक्लै छन्। उनलाई आफ्नो कर्तुतप्रति लज्जाबोध छ तर लज्जाबोधले कानुनी सजाय छोट्टिन्न।

दिनेश भने अब लज्जाबोध गर्ने पक्षमा छैनन्। आफ्नै कुबुद्धिले गर्दा अाज यहाँ छु । अब लाज लागेर के गर्नु – उनि भन्छन्। एक्लो छोरो भएपनि बुढि भएकी आमाको मुख पनि नदेखिने हो कि भन्ने चिन्ताले हरेक रात ऐठन हुने कुरा बताउँदै गर्दा सजल आँखाका धारहरुले बाँध बाँधिरहन सकेन। नुनिला पानीले वर्षा यामको खहरेको रुप लिँदै गर्दा सगरमाथा पनि पशचातापको तातो रापले पग्लिए झैं लाग्थ्यो। पापले नुहेका शिर पृथ्विभन्दा गर्हुङ्गा हुन्छन्। त्यसको बोझ बोकेर हिड्नेले कानुनत सजाय त भोग्ला तर कलुसित हात झुण्ड्याएर जीवन सजाउने रंग जोड्न पनि सजिलो छैन। आज दिनेशको हालत त्यहि छ।

करिब चार वर्ष प्रेम सम्बन्धमा बाँधिएको थियो तेजप्रकाश। उसले अाफ्नो कथा यसरी सुनायो। जापानी महिलासँगको उसको सम्बन्ध क्विन्सल्याण्डको स्ट्रबेरि फार्ममा अंकुराएको थियो। जापानी महिलाहरु स्वभावत माया गर्ने खालका हुन्छन् – उसले भन्यो। त्यसमाथी उसले मलाई अति नै माया गर्थी। यतिसम्म कि उ आफू दिनभरि १०-१२ घण्टा स्ट्रबेरि टिपेर आउँथी तर  मलाई कोठामै बस्न र पढ्न भन्थी। मेरो लागि जापानबाट पैसा मगाएर गाडी पनि किनिदिएकी थिइ। वर्किङ्ग होलिडे भिषामा व्याकप्याकरको रुपमा अष्ट्रेलिया छिरेकी उसको केवल एउटै चाहना भनेको मैले पढेर पि अार लियोस् अनि यतै घरजम गरौला भन्ने थियो। म भनेे उसँग केही समय बसेर अलग्गिने सोचमा थिएँ। त्यसमाथी दमौलीतिरकी मगर्नीसँग समपर्कमा थिएँ जुन कुरा उसले पछि थाहा पाई। उसले त्यो थाहा पाएपछि मसँग निकै नराम्रो व्यवहार देखाउन थाली। एकदिन उसले खाना बनाउँदै गर्दा झगडा गर्न थाली , हातमा चक्कु खेलाउँदै थिई। तँलाई मार्दिन्छु भन्दै चक्कु लिएर अाई। उसले मलाई फगत तर्साउन मात्र खोजेकी थिई। मेरो टाउकामा यमराज घुमेछ। कुन सुरमा मैले चक्कु थुतेर उसैको घाँटी रेटेछु मैले पत्तो पाइन। होस् सम्हालिंदा मलाई पुलिसले पक्रिसकेको थियो।

दिनेशको भने कथा फरक थियो। जुवा र मदिराको लत बसेको दिनेश क्यासिनो र पोकरको लतमा फसेको थियो। दिनभर १२ घण्टासम्म काम गर्ने दिनेश बेलुकी ज्याक डेनियल्स एक फुल बोटल सकेर क्यासिनो वा पोकर खेल्न जान्थ्यो। कमाएको पैसा नसकिउञ्जेल यसरिनै बिताउने दिनेश पैसा सकिएपछि साथीभाईसँग ऋण मागेर काम चलाउँथ्यो। कहिलेकाहिं जितेको पैसा ल्याएर साथीभाईको ऋण तिरदिन्थ्यो। न उसलाई पढाईको मतलब थियो न त अरु कसैको। उसको बानिले हैरान भएकाहरुपनि बोलिले लठ्ठिन्थे। यसैकारण उसलाई कामको अभाव भएन। तर, उसले बुद्धि बिगारेको एक रातले उसको जीवनको नक्सा पुरै बदलियो। एक रात पिज्जा डेलिभरिको काम लिएर जाँदा उसलाई एक अष्ट्रेलियन महिलाले सेक्सको अनुरोध गरिन। मदिराले मदमत्त ती महिलाको प्रस्तावमा उसले नाईं भनीदिएको भए अाज उस्को कथा अर्कै लेखिन्थ्यो। तर, त्यसो भएन। नियतिलाई त्यो मञ्जुर थिएन। भोलिपल्ट उ पक्राउ पर्यो र बलात्कारको मुद्दामा अदालतको फैसलाले जेल चलान भयो।

जघन्य अपराधमा जेल परेका उनिहरु अाजिवन कारागासमा छन् तर उनिहरुको परिवार छोरो फर्किने आशमा प्रत्येक विहानीको सूर्यलाई अर्घ दिइरहन्छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु