अष्ट्रेलियामा एक नेपाली युवालाई दोषि ठहर गर्दै आठ महिना जेल सजाय

अष्ट्रेलिया । अष्ट्रेलियामा एक नेपाली युवालाई आठ महिना जेल सजाय सुनाईएको छ । वृद्ध माथी हातपात गरेको आरोपमा पक्राउ परेका एजकेयरमा एआइएनका रूपमा कार्यरत नेपाली युवा प्रकाश पौडेललाई बुधबार सिड्नीको म्यानलीस्थीत अदालतले दोषि ठहर गर्दै आठ महिनाको जेल सजाँय सुनाएको हो।

यद्यपी पौडेलले चार महिनापछि बेलका लागि आवेदन दिन सक्नेछन्। एबीसी न्युज च्यानलका अनुसार गत सेप्टेम्बरमा बुपा अन्तर्गत उत्तरी सिड्नी क्षेत्रको नर्सिङ होमस्‌मा कार्यरत ३६ वर्षिय पौडेलले ८२ वर्षिय वृद्धमाथि हातपात गरेका भिडियो सार्वजनिक भएको थियो।

अदालतमा सुनुवाईको क्रममा प्रकाशका वकिलले धेरै काम गरेका कारण चिडचिडयाहट र थकान भएकोले घटना हुन गएको बताएका थिए । प्रकाशलाई सुनाइएको सजाय अनुसार, उनले अब एज्ड केयर क्षेत्रमा काम गर्न पाउने छैनन् ।

घटना गत वर्षको अगस्ट महिनामा बुपा एज्ड केयर सीफोर्थमा घटेको थियो । ती ८२ वर्षीय वृद्धकी छोरीले प्रकाश पौड्यालले आफ्ना बुवालाई पिट्ने गरेको शंका लागेपछि कोठामा लुकाएर क्यामेरा फिट गरेकी थिइन्, जसले गर्दा घटना बाहिर आएको हो । वृद्धलाई जुत्ताले हान्ने, कपडा तान्ने, धक्का दिने गरिरहेको भिडियो बाहिरिएपछि उनी गत सेप्टेम्बरमा पक्राऊ परेका थिए।

Comments

comments

सम्बन्धित शिर्षकहरु