चन्द्रकुमार घिमिरे स्वास्थ्य मन्त्रालय तानिए

काठमाडौं  ।  स्वास्थ्य मन्त्रालयका सचिव फेरिएका छन् । मन्त्रालयको प्रशासन शाखामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई ल्याइएको हो । स्वास्थ्य मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ । सचिव घिमिरेले सामाजिक सञ्जाल फेसबुकमार्फत आजदेखि स्वास्थ्य मन्त्रालयमा काम गर्नेगरी जाने भन्दै लेखेका छन् ।

मन्त्रलायमा स्वास्थ्य तर्फ डा पुष्पा चौधरी सचिव छिन् । उनलाई प्रधानमन्त्री कार्यालय सरुवा गरेर अधिकारीलाई स्वास्थ्यमा ल्याइएको थियो । सर्वोच्चको आदेशपछि डा चौधरी स्वास्थ्यमै पुनर्वहाली भएपछि दुई सचिव भएका थिए । जिम्मेवारी बाँडफाँडका क्रममा अधिकारीलाई प्रशासनन र डा चौधरीलाई अन्य कार्यक्रम हेर्ने गरी मिलाइएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु