सुरज थापाको अत्यन्त मार्मिक गीत ‘हे बरै आएन परदेशी’ (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन—१ का प्रतिस्पर्धी सुरज थापाले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘हे बरै आएन परदेशी…’ बालको गीत उनले आफ्नै युट्युबमार्फत सार्वजनिक गरेका हुन् । यस गीतको लिरिकल भिडियो भने केही समय पहिले नै सार्वजनिक गरिएको थियो ।
गाउँमा साहुसँग ऋण लिएर पैसा कमाउन खाडी मुलुक गएको छोरो नफर्किँदा परिवारले भोग्नु परेको पीडा गीतमा भनिएको छ । परिवन्दले कमाउन गएको छोरो जेलमा परेपछि त्यसले घर परिवार र ब्यबाहारमा पर्ने गरेको आम समस्यालाई गीतमार्फत सुरजले भन्ने प्रयास गरेका छन् ।

गीतमा सुरज थापाको स्वर, शब्द र संगीत रहेको छ । त्यस्तै धर्म गन्धर्वको सारङ्गी र किसन श्रेष्ठको गीत संयोजन रहेको छ । यस गीतको म्युजिक भिडियोमा मन बहादुर थापा (बाबा), दिलमाया थापा (आमा), चन्द्र बहादुर थापा (दाजु), कबी राम (जेठा बाबा) , तारा थापा (बहीनी), आरुशि (भाउजु) सुरज थापाका परीवारको अभिनय रहेको छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु