रोनाल्डोलाई २३ महिनाको जेल सजाय

एजेन्सी । फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई २३ महिनाको जेल सजाय तोकिएको छ । उनलाई १९ मिलियन युरो कर छली गरेमा आरोपमा जेल सजाय तोकिएपनि आरोप भने स्विकार गरेका छन् । रियाल मड्रिडबाट खेल्ने क्रममा सन् २०१०–२०१४ बीचमा उक्त कर छली गरेको आरोप उनीमाथि मड्रिडको अदालतमा लगाइएको थियो । उक्त अदालतले रोनाल्डोलाई सजाय सुनाएको थियो । हाल ईटालीको क्लब युभेन्टसबाट खेलिरहेका रोनाल्डोले करिब १९ मिलियन युरो जरिवाना बुझाउन सहमति दिएका छन् ।

स्पेनको कानुनले २४ महिना भन्दा कम अवधिको जेल सजायमा जेल जान नपर्ने उल्लेख रहेको छ । यसअघि बार्साका खेलाडी मेस्सी पनि कर छलीमा परिसकेका छन् । उनले पनि २२ महिनाको जेल सजाय पाएका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु