कांग्रेसको लगातार अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध जारी राखेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । मंलबार मात्रै कांग्रेसले दुई पटक बैठक अवरुद्ध पारेको थियो। अर्को बैठक आउँदो ११ गते दिउँसो १ बजे बस्नेछ। सभामुख कृष्णबहादुर महराले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव जबर्जस्ती पेस गर्न अनुमति दिएपछि कांग्रेस सांसदहरुले बैठक अवरुद्ध पारेका थिए।

सभामुखको अनुमतिपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेल रोस्टममा जान खोजेपछि कांग्रेस सांसदहरुले घेरेर उनलाई जान दिएनन्। अनसनरत डा गोविन्द केसीसँग भएको सहमति पालना लगायत अन्य माग राख्दै कांग्रेसले दोस्रो दिन पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो।

कांग्रेस नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताल प्रदेश अन्तर्गत लगेको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ। कांग्रेसको लगातार विरोध गरेपछि सूचना टाँस गरी बैठक स्थगित गरिएको हो।

Comments

comments

सम्बन्धित शिर्षकहरु