मेलम्चीको काम अघि बढाउने एडीबीसँग सहमति,इटालियन ठेकेदार कम्पनीको दिनगन्ती सुरु

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई विभाजन गरी छिटो सम्पन्न गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बाँकी रहेको सुरुङ‘फिनिसिङ, हेडवक्स निर्माण र भेन्टिेलेसन’को कामलाई विभाजनगरी अगाडि बढाउने सहमति एसियाली विकास बैङ्क (एडीबी) सँग गरेको जनाएको छ ।

समिति र एडीबीको सोमबारको बैठकमा कम्पनी नआएर विभाजन गरी काम अगाडि बढाउने सहमति भएको समितिले जनाएको छ । इटालियन ठेकेदार कम्पनी सीएमसी डी–रेभेन्नालाई सम्झौता रद्द गरिएको पत्र १४ दिनको म्यादसहित पठाइएपछि अबको कामका बारेमा समितिले छलफल गरेको हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु