पूर्व गभर्नर रावल १० लाख धरौटीमा रिहा

काठमाडौं । पोलिमर नोट घोटाला प्रकरणका आरोपी तत्कालीन गर्भनर डा.तिलक रावल १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विषेश अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी लगायतको संयुक्त इजलासले रावलसँग १० लाख घरौटी माग गरेको हो।

रावलविरुद्ध ९१ लाख रुपैयाँको बिगो दावीसहितको मुद्दा परेको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५ पुस २०७५ मा रावलसहित नेपाल राष्ट्र बैंक, नोट विभागका तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौड्याल र स्थानीय एजेन्ट हिमालयबहादुर पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरेको हो। सोही आधारमा विशेष अदालतले रावललाई थुनछेकका लागि अदालतमा बोलाएको हो।

नेपाल राष्ट्र बैंकबाट अस्ट्रेलियामा १० रुपैयाँको पाँच करोड थान पोलिमर नोट छपाइ गर्दा अस्ट्रेलियाको स्थानीय एजेन्टमार्फत् आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको, नोट प्रिन्टिङ अस्ट्रेलियासँग गैरकानुनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत् आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको उजुरीको अनुसन्धानमा तीन जना दोषी देखिएका थिए।

Comments

comments

सम्बन्धित शिर्षकहरु