कांग्रेस तनहुँमा विवाद चुलियो, जाेशीले बाेलाए विशेष अधिवेशन

तनहुँ । नेपाली कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले तनहुँमा समानान्तर कार्यसमिति गठन गर्ने तयारी गरेपछि जिल्लामा तिव्र विवाद चुलिएको छ । जिल्लामा विवाद मिलाउनकै लागी आइतबार सभापति शेरबहादुर देउवासहित महामन्त्री डा शंशाक कोइराला, नेताहरु गोपालमान श्रेष्ठ र डा.रामशरण महत दमौली पुगेका थिए। जोशीले उनी नजिकका कार्यकर्तालाई पौडेल पक्षले प्रतिशोध राखेको भन्दै असन्तुष्टि समेत जनाए ।

पौडेल र जोशी पक्षमा विवाद बढ्दै गएपछि जोशीले मंगलबार विशेष अधिवेशन समेत बलाएका छन् । शीर्ष तहका नेताहरु दमौली पुगे पनि पौडेल स्वयम् भने आइतबार तनहुँ पुगेका थिएनन्। नेपाली कांग्रेसले गत पुस २५ मा नेता जोशीलाई ५ वर्षका लागि पार्टीबाटै निष्काशन गरेको थियो।

Comments

comments

सम्बन्धित शिर्षकहरु