‘उरीः सर्जिकल स्ट्राइक’ को बलिउडमा नयाँ रेकर्ड

एजेन्सी । बिक्की कौशल अभिनित फिल्म ‘उरीः सर्जिकल स्ट्राइक’ले बलिउडमा नयाँ रेकर्ड राखेको छ। सय करोडको आँकडा पार गरेसँगै फिल्म बक्स अफिसमा आफ्नो बजेटमा सबैभन्दा छिटो धेरै व्यापार गर्नेमा अगाडि आएको छ। रिलिज भएको १० दिनमा भारतीय सय करोड कमाई गरेपछि फिल्मको यतिबेला चौतर्फी चर्चा भइरहेको छ।

भारत–पाकिस्तान सीमामा भएको भिडन्तको सत्य घटनामा आधारित फिल्मलाई धेरैले मन पराइरहेका छन्। फिल्मले पहिलो दिन ८ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो भने ५ दिनमा आम्दानी बढेर ५० करोड पुगेको थियो। यो यस वर्षको सय करोड कमाउने पहिलो फिल्म हो।

Comments

comments

सम्बन्धित शिर्षकहरु