श्रममन्त्री विष्टको अर्को सफलता,आजदेखि कर्णाली प्रदेशबाट पनि श्रम स्वीकृति

सुर्खेत । सरकारले आजदेखि कर्णाली प्रदेशको सुर्खेतस्थित श्रम तथा रोजगार कार्यालयबाट पनि पुनः श्रम स्वीकृति दिने सेवा सुरु गर्दैछ । वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृति दिने व्यवस्थाको लागि आवश्यक प्राविधिक तयारी पूरा भएको जनाएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागको कामलाई विकेन्द्रीत गर्ने अभियान अन्तरगत पहिलो चरणमा वैदेशिक रोजगारीमा जानेलाई पुनः श्रम स्वीकृति दिन थालेको हो ।
यसअघि प्रदेश–२ को जनकपुर, प्रदेश ५ को बुटवल र प्रदेश ४ को पोखराबाट सेवा सुरु गरिसकेको छ। प्रदेश कार्यालयहरुबाट पहिलो चरणमा पुनः श्रम स्वीकृतिको काम सुरु भइसकेको छ ।

बाँकी प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृति लगायतका सेवा दिने तयारी अन्तिम चरणमा पुगेको श्रम मन्त्रालयले जनाएको छ । पहिलो चरणमा पुनः श्रम स्वीकृति मात्रै वितरण हुने भएपनि छिट्टै पूर्व स्वीकृतिको काम पनि प्रदेश कार्यालयबाटै हुने मन्त्रालयले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु