प्रधानमन्त्री आज स्विट्जरल्यान्ड जाँदै, नेपाल विश्व आर्थिक मञ्चमा पहिलो पटक सहभागी हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) को वार्षिक बैठकमा सहभागी हुन आइतबार स्विट्जरल्यान्ड जाँदै हुनुहुन्छ । विश्व आर्थिक मञ्चको बैठकमा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली बेलुकी आठ बजे त्यसतर्फ जान लाग्नु भएको हो ।

प्रधानमन्त्री ओलीले जनवरी २२ मा ‘स्ट्राटेजिक आउटलुक अन साउथ एसिया’मा र जनवरी २३ मा ‘सेपिङ दी फ्युचर अफ डेमोक्रेसी’ शिर्षकमा नेपालको तर्फबाट धारणा राख्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले जनवरी २४ मा जी–ट्वान्टी मुलुकसहितका देशका नेताहरूसँग छलफल गर्ने तयारी छ ।

प्रधानमन्त्रीको नेतृत्वमा जान लागेको नेपाली प्रतिनिधि मण्डलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागीसहित १९ जना सहभागी रहनेछन् । प्रधामन्त्री ओली माघ १२ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु