अष्ट्रेलिया फर्किइन् लक्की शेर्पा,अष्ट्रेलियामा पक्राउ पर्न सक्छिन् ! यस्ता छन् खतरा

अष्ट्रेलिया । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाल अष्ट्रेलिया फर्किएकी छन्। एक महिनासम्म पनि आफ्नो विषयमा टुंगो नलागेपछि राजदूत लक्की शेर्पा अस्ट्रेलिया फर्किएकी छन्। अष्ट्रेलिया पुगेकी नेपालका लागि अष्ट्रेलियाकी राजदूत लक्की शेर्पालाई त्यहाँको सरकारले पक्राउ गर्न सक्ने खतरा छ ।

राजदूत शेर्पामाथि अष्ट्रेलिया प्रहरीमा उनकै पूर्वचालक वाङछु शेर्पाले दिएको मानव तस्करीको मुद्धा विचाराधीन छ । यस्तो अवस्थामा उनलाई सोही मुद्धामा पक्राउ गरेर कारबाही अगाडि बढाएको खण्डमा मुलुककै अन्तर्राष्ट्रिय छविमा आँच आउन सक्छ । त्यहाँको स्थानीय कानूनले व्यक्तिको स्वतन्त्रता हननलाई गम्भीर अपराधका रुपमा लिन्छ । लक्कीका चालक शेर्पालाई दूतावासका सामान चोरीको अभियोगमा पक्राउ गरिएको थियो । तर, प्रहरी अनुसन्धानले उनी चोरीमा संलग्न नभई बरु पीडित रहेको निस्कर्ष निकालेपछि उल्टै त्यहाँको सरकारले प्रोटेक्सन भिसा दिएर राखेको छ ।

नेपाल प्रहरीले उनको नाम इन्टरपोलमा राखेर डिपोटका लागि पठाउँदासमेत उल्टै उनले अष्ट्रेलिया सरकारको सहयोग र संरक्षण पाइरहेका छन् । यस्तो पृष्ठभूमिमा सरकारले लक्कीलाई पीडकका रुपमा व्यवहार गर्न सक्ने खतरा छ । कुटनीतिक क्षेत्रका जानकारहरुका अनुसार लक्कीमाथि अर्को खतरा हो, गैरकुनीतिक व्यवहार । यदि उनलाई पक्राउ गरिएन भने पनि उनको कुटनीतिक पासपोर्टमा गैरकुटनीतिज्ञको छाप लगाइदिन सक्छ । कुटनीतिक भाषामा त्यसलाई पर्सनानन् ग्राटा अर्थात अयोग्य कूटनीतिज्ञको व्यवहार भनिन्छ ।

तेश्रो खतरा स्वदेश फर्कने क्रममा एयरपोर्टमै लक्कीलाई व्यक्तिगत रुपमा बेइज्जत गर्न सक्ने छ । गत वर्ष अमेरिकाले न्यूयोर्कस्थित भारतीय कूटनीतिज्ञ देवयानी खोप्रगोर्डमाथि सोही व्यवहार गरिएको थियो । देवयानी र लक्कीमाथि लागेको आरोप करिब उस्तै प्रकृतिको छ । देवयानीमाथि पनि घरेलु कामदारमाथि दुव्र्यवहार र यातना दिएको तथा पारिश्रमिक नदिएको आरोप लागेको थियो ।

सोही आरोपमा उनलाई अमेरिकाले देश निकाला गरेको थियो । भारत फर्कने क्रममा देवयानीलाई विमानस्थलका सुरक्षाकर्मीले सुरक्षा जाँचका क्रममा सर्वाङ्ग नाङ्गो पारेर बेइज्जत गरेका थिए । भियना कन्भेन्सन अनुसार कूटनीतिज्ञको आचरण र नैतिकताअनुसारको व्यवहार नगर्नेमाथि त्यस्तै व्यवहार गर्ने गरिन्छ । पक्राउ गर्नु, गैरकूटनीतिज्ञको व्यवहार गर्नु तथा व्यक्तिगत रुपमा बेइज्जत जे गरे पनि मुलुककै प्रतिष्ठामा आँच आउँछ । यसैबीच सरकारले राजीनामा गर्न दिएको निर्देशन पालना नगर्ने लक्कीलाई राजदूतबाट बर्खास्त गर्ने तयारी अघि बढाएको दाबी परराष्ट्र उच्च स्रोतले गरेको छ

Comments

comments

सम्बन्धित शिर्षकहरु