मनमोहन सिंहको जीवनीमा आधारित ‘दी प्राइम मिनिस्टर’ फिल्म फ्लप

काठमाडौं । भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको प्रधानमन्त्री कार्यकाललाई लिएर निर्माण भएको दी एक्सीटेटल प्राइम मिनिस्टर फिल्मले जति चर्चा मिडिया र सामाजिक सञ्जालमा पायो, त्यति फिल्म हलमा लिन सकेन ।

वलिउड अभिनेता अनुपम खेरको महत्वाकाँक्षी फिल्म दी एक्सीटेटल प्राइम मिनिस्टर फ्लप भएको छ । ११ जनवरीदेखि हलमा आएको दी एक्सीटेटल प्राइम मिनिस्टरले चार दिनमा १३ करोडभन्दा बढि कलेक्सन गर्न सकेको छैन ।
फिल्म पर्दामा आउनुअघि निकै उतारचडाव भएको थियो । राजनीतिक विवादमा पनि फसेको थियो । कांग्रेसका कतिपय नेताले धुवाधार विरोध पनि गरे । मामला अदालतसम्म पुगेको थियो । अनपम खेरले पूर्वप्रधानमन्त्री सिंहको रोल निभाएका थिए । जति फण्डा भएपनि फिल्म चल्न सकेन ।

प्रमोशन जति एग्रेसिव भएपनि फिल्म हलमा पुगेपछि फ्लम नै भएको छ । चार दिनसम्म चलेको फिल्मले १३.९० करोडको मात्र ब्यापार गरेको छ । बक्स अफिलमा टिक्न फिल्मलाई मुस्किल परेको छ भने टिकट काउन्टरमा ताला लागिसकेको छ ।
फिल्म नचल्नुका विभिन्न कारणहरु देखाइएका छन् । भारतीय जनता राजनीतिक फिल्म हेर्न हल नजाने, फिल्ममा कमेडी र डान्स नभएपछि फ्लम भएको अनुमान गरिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु