महिनामा बजेट खर्च गर्नेमा प्रधानमन्त्री कार्यालय सबैभन्दा बढी, कुन निकायले कति खर्च गरे ? (तालिका)

काठमाडौं । साउनदेखि शुरु भएर असारमा सकिने आर्थिक वर्षको पहिलो छ महिनालाई सामन्यतया राजस्व संकलनका लागि उर्वर मानिन्छ। बाँकी ६ महिनालाई खर्चका लागि। यो वर्ष साउनदेखि पुससम्म ठिक त्यस्तै भएको छ। दशैतिहारजस्ता ठुला चाडपर्वका लागि ठुलोमात्रामा उपभोग्य वस्तुको आयात र खपत बढ्ने र त्यही कारण राजस्व पनि राम्रो संकलन हुने स्वभाविक हो। तर खर्च गर्नलाई भने जहिलै चैत कुर्नुपर्ने नेपालको सार्वजनिक खर्च प्रणालीमा देखिएको पुरानै प्रवृत्ति हो।

चालु वर्षको ६ महिनामा राजस्व ५ खर्ब २० अर्ब संकलन गरेको सरकारले खर्च भने ३ खर्ब ७५ अर्बमात्र गरेको छ। यसमा पनि करिब साढे एक खर्ब तल्ला तहका सरकारको खातामा गएको छ जुन खर्च भएको छैन। संघीय सरकारका निकायहरुले विशेष गरी पुँजीगत खर्च गर्न सकिरहेका छैनन्। ६ महिनामा चालु तथा पुँजीगत खर्चका हिसाबले सबैभन्दा बढी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गरेको छ। पुर्ननिर्माण प्राधिकरणको खर्चसमेत यहीका नाममा देखिएकाले यसले कूल ३५ अर्ब ४८ करोड रुपैयाँ खर्च गरेको छ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो बीचमा २७ अर्ब ६५ करोड रुपैयाँ खर्च गरेको छ।

अन्य कुन निकायले कति खर्च गरे ?

Comments

comments

सम्बन्धित शिर्षकहरु