कामना सेवा विकास बैंक र सानिमा इन्स्योरेन्स कम्पनीबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आज बैंकास्याेरेन्स सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रुपमा सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन्।

सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ। सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सानिमा ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट नायब महा प्रबन्धक सुबोध लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

हाल बैंकले देशभरी आफ्ना ६३ वटा शाखा तथा १७ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु