वाइडबडीमा दोषी भए सभापति देउवालाई पनि कारवाही गर– कांग्रेस नेता महत

काठमाडौं । वाइडबडी प्रकरणमा दोषि भए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कारवाही गर्न नेपाली कांग्रेसकै नेता डा.रामशरण महतले आग्रह गरेका छन् । जहाज खरिदमा दोषी जो भएपनि उन्मुक्ति पाउन नहुने तर्क उनले गरेका छन् । कांग्रेसको अभियान लिएर रुकुम पुगेका नेता महतले अनियमिततामा संलग्न जोसुकै भए पनि कारबाहीको भागिदार हुनेपर्ने बताए ।

‘सवै आरोपहरु सत्य हुँदैनन, सत्य भए सभापति देउवामाथी पनि कारवाही हुन्छ’ महतले भने ‘सार्वजनिक लेखा समितिले वाइडबडीम दोषी ठहर गरिसकेपछि अर्काे समिति बनाएको छ । यो दोषिलाई उन्मुक्ति दिने खेल हो ।’ सरकारले अर्काे छानविन समिति बनाएर संसदीय सर्वोच्चता र लोकतन्त्रकै खिल्ली उडाएको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली मसिनोका कुरामा अल्झेको बताउँदै प्रधानमन्त्री कार्यालयलाई विभिन्न विभागहरुको अखडा बनाएको आरोप लगाए । ‘यो राम्रो कुरा होइन, प्रधानमन्त्रीले समन्वय गर्ने र निर्देशन दिने हो तर उनी हरेक कुरामा आफै हस्तक्षेप गदैछन् । यसले लोकतन्त्रलाई सुदृढ गदैन’ महतले भने ।

Comments

comments

सम्बन्धित शिर्षकहरु