केसीको स्वास्थ्य अवस्था नाजुक,११ जना डाक्टरको टाेली इलामतिर

काठमाडौं । इलाम पुगेर अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य बिग्रिदै गएपछि उनको थप उपचारका लागी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ डाक्टरसिहतको टोली इलाम गएको छ ।

अनशनरत डा. केसीको उपचारका लागी प्रतिष्ठानका मुटुरोग विशेषज्ञ डा.प्रशान्त शाही र इमरजेन्सी मेडिसिनका डा.अजय यादवसहित ११ जनाको टोली इलाम गएको प्रतिष्ठानका उपकुलपति डा.राजकुमार रौनियारले जानकारी दिए।

डा‍. केसीलाई प्रतिष्ठानबाट गएकाे टोलीले आइसियूमा दिनसक्ने सम्मकाे उपचार सेवा उपलब्ध गराउन सक्ने उपकुलपति रौनियाले जानकारी दिए । उनले प्रतिष्ठानमा पोर्टेबल भेन्टिलेटर नभएकाले पठाउन नसकिएको बताए । ‘उहाँका खस्किँदो स्वास्थ्य अवस्थाको जानकारी हामीले पाइसकेका छौं,’ उपकुलपति रौनियाले भने, ‘त्यो हिसाबले उहाँलाई भेन्टिलेटरमा समेत राख्नुपर्ने अवस्था आउनसक्ने देखिएको छ। हामीसँग पोर्टेबल भेन्टिलेटर नभएका कारण त्यसको खोजी गरिरहेका छौं।’

उनले डाक्टर केसीलाई प्रतिष्ठानको शिक्षण अस्पतालमा आकस्मिक उपचारका लागि शय्या समेत तयारी अवस्थामा राखिएको जानकारी दिए। अनसनमा रहेका डा. केसीलाई निमोनिया देखिएको छ भने मुटुको चाल अनियन्त्रित भएको छ।

डा.केसी सरकारसंग विगतमा भएको सहमति अनुसार चिकित्सा शिक्षा विधेयक हुबहु संसदबाट पारित हुनुपर्ने लगायतका ६ बुँदे माग राख्दै २५ पुसदेखि इलाम पुगेर आमरण अनसन बसिरहेका छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु