मन्त्रीबाट कुटिएका सचिव अस्पताल भर्ना

काठमाडौं । मन्त्रीबाट कुटिएका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन् । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले कुटेका उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्रालयका सचिव

आइतबार भएको कुटपिटका कारण रातिदेखि स्वास्थ्यमा समस्या देखिएको भन्दै सचिव झा अस्पताल भर्ना भएका हुन् । मन्त्रीको झापड र लात प्रहारबाट मुख र दाँतको मस्कुर सुन्निएको र दाँया हातको कुनै हाड भँचिएको जस्तो पीडा भएको सचिव झाले बताए । सचिव झालाई आइतबार मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु