रक्सी मिसिएको कोक खान दिएर पालैपालो बलात्कार

झापा । नसालु पदार्थ सेवन गराई युवतीको सामूहिक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन । पीडित महिलाको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा भद्रपुर–४ का ३२ वर्षीया अम्मर भनिने घरबहादुर लिम्बु रहेका छन् । घटनामा संलग्न रहेका स्थानीय २४ वर्षीया राजेश राजबंशी फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले कोकको बोतलमा रक्सी मिसाएर सेवन गराई चिया बगान छेउको चौरमा पालैपालो बलत्कार गरेका थिए ।

उनीहरुले पुस २२ गते राति ८ बजे १५ वर्षीया किशोरीलाई बलात्कार गरेको जाहेरी परेपछि अनुसन्धानका क्रममा लिम्बूलाई पक्राउ गरिएको झापाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० महेन्द्रकुमार श्रेष्ठले बताउनु भयो ।
उहाँका अनुसार भद्रपुर–४, भगवती टोलमा रहेको चिया बगान छेऊमा रहेको खाली चौरमा किशोरीमाथि बलात्कार भएको हो । जाहेरीमा भनिएको छ, ‘सामान्य चिनजान भएका दुई जना किशोरी त्यहाँ थिए । उनीहरुले रक्सी मिसिएको कोक खान दिएर बलात्कार गरे ।’

त्यसबेला अर्की किशोरी भने भाग्न सफल भएको जनाइएको छ । उनैले बलात्कार भएको सूचना परिवारलाई दिएकी थिइन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु