राजधानीमा स्वाइनफ्लु फेरी भेटियो,सतर्कता अप्नाउन चिकित्सकको सुझाव

काठमाडौं । स्वाईन फ्लुको नामले चिनिने एच वान एन वान भाइरसको कारण राजधानीमा केही बिरामीको मृत्यु भएको र दर्जनौको संख्यामा बिरामीहरु बिभिन्न अस्पतालमा भर्ना भएको पाइएको छ ।
बिषेश गरी जाडोको मौसममा देखापर्ने यो भाइसरका कारण केएमसी, कान्ति, ग्राण्डी अस्पताल र शुक्रराज ट्रपिकल अस्पतालमा भर्ना भएका केही बिरामीको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिएका छन ।

ती अस्पतालमा भर्ना भएका केही बिरामीको मृत्यु भएको र केही उपचारपछि घर फर्किएका र केहीको अहिले पनि ती अस्पतालमा उपचार रहेको बताइएको छ । केहीदिन यता टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा बिरामी कुर्न बसेका कुरुवामा समेत उक्त भाइरस देखापरेपछि अहिले सो अस्पतालले टाइनी फ्लु भ्याक्सिन दिन शुरु गरिएको सो अस्पतालका एक चिकित्सकले जानकारी दिए ।

अहिले सो रोगले महामारीको रुप नलिएपनि सोही भाइरसबाट केही ब्यक्तिको मृत्यु भएकाले सतर्कता अप्नाउन थालिएको ती चिकित्सकले जानकारी दिए ।आजको नेपाल समाचारपत्रमा समाचार छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु