मेस्सीको ४ सय गोलको किर्तिमानमा बार्सिलोनाको सहज जित

काठमाडौं । बार्सिलोना फरवार्ड लियोनल मेस्सीले ला लिगामा ४०० गोलको कीर्तिमान बनाएका छन् । मेस्सीले ४३५ खेलमा ४ सय गोल पुरा गरेका हुन् । मेस्सी ला लिगामा ४ सय गोल गर्ने एक्लो खेलाडी बनेका छन् । उनी ला लिगाको सर्वाधिक गोलकर्ता हुन् ।

आइतबार राति भएको खेलको बार्सिलोनाले इबरलाई ३ – ० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लुइस स्वारेजले दुई गोल गरे । यस्तै कप्तान लियोनल मेस्सीको नाममा एक गोल रह्यो ।

एइबारलाई ३–० ले हराउँदा मेस्सीले एक गोल गर्दा लुइस स्वारेजले दुई गोल गरे । स्वारेजले १९ औं र ५९ औं मिनेटमा गोल गरेका थिए । मेस्सीले स्वारेजको पासमा ५३औं मिनेटमा यो महत्वपूर्ण गोल गरेका थिए । युरोपको शीर्ष पाँच लिगमा ४०० गोल पूरा गर्ने जम्मा दुई खेलाडी छन् । रोनाल्डोले ४०९ गोल बनाइसकेका छन् । रोनाल्डोले इंग्ल्याण्ड, स्पेन र इटलीका लिगमा गरी ५०७ खेल खेलेका छन्

Comments

comments

सम्बन्धित शिर्षकहरु