एमबिबिएस भर्नामा निजी मेडिकल कलेजले गैरकानुनी रूपमा शुल्क असुल

काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि व्यापक बहस भइरहेका वेला निजी मेडिकल कलेजहरूले मनपरी शुल्क लिएका छन् । सरकारले उपत्यकामा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजारसम्म लिएर एमबिबिएस पढाउन सकिने व्यवस्था गरेको छ । तर, मेडिकल कलेजहरूले १४ लाखसम्म बढी शुल्क लिएको भेटिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

वीरगन्जस्थित नेसनल मेडिकल कलेजले एमबिबिएसका विद्यार्थीसँग सरकारले तोकेभन्दा १४ लाखसम्म बढी शुल्क असुलेको खुलेको छ । गत २६ असोजमा सरकारले एमबिबिएसमा उपत्यकाभित्रका कलेजलाई ३८ लाख ५० हजार र काठमाडौंबाहिरका कलेजलाई ४२ लाख ४५ हजार शुल्क निर्धारण गरे पनि नेसनल मेडिकल कलेजले ५५ लाख ८५ हजार पाँच सय उठाएको भेटिएको हो ।

नेसनलले विद्यार्थीबाट चर्को असुल्दै सरकारलाई नियम मानिरहेको देखाउन दोहोरो बिल बनाउने गरेको पनि सूचना चुहिएको छ । विभिन्न सेवा शीर्षक राखेर सरकारले तोकेभन्दा १४ लाख बढी शुल्क असुलेको पीडित विद्यार्थीले नयाँ पत्रिकालाई बताए । कलेजले दुईथरी बिल बनाउने गरेको पनि उनीहरूको भनाइ छ । नेसनल मेडिकल कलेज यसअघि पनि बढी शुल्क असुलेका कारण विवादमा तानिएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरूले सरकारी निर्णय उल्लंघन गर्दै भर्ना शुल्कमा मनोमानी गरेको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएमका डिन प्रा.डा. जगदीशप्रसाद अग्रवाल पनि स्विकार्छन् ।

शुल्क तोके पनि सरकारले कार्यान्वयनमा कडाइ नगर्दा मेडिकल कलेजहरूले मनलाग्दी गरिरहेको उनले बताए । ‘मेडिकल कलेजहरूले निर्धारण गरेको शुल्क गैरकानुुनी छ, तर सरकारले आफ्नै निर्णय कार्यान्वयन गरेको छैन,’ अग्रवालले भने ।

सरकारले उपत्यकामा ३८ लाख ५० हजार र बाहिर ४२ लाख ४५ हजार तोकेकोमा थप १४ लाखसम्म असुल

उदाहरण : नेसनलले यसरी उठायो ५५ लाख ८५ हजार

-भर्ना :३५ हजार

-ल्याब : १ लाख ४० हजार

-ट्युसन : ४२ लाख ४५ हजार

-पुस्तकालय : १ लाख ४० हजार

-परीक्षा : १ लाख ४० हजार

-दर्ता : २० हजार ६ सय

-खेलकुद र अन्य : १ लाख ६० हजार

-प्रमोसन : ३ लाख ७५ हजार

-भ्रमण : १ लाख

-आइओएम इन्स्टिच्युसनल : ५० हजार

-सम्बन्धन : ३० हजार

-क्लिनिकल ट्रेनिङ : १ लाख ५० हजार

-होस्टेल : ८५ हजार (वार्षिक)

-मेस : ९० हजार (वार्षिक)

Comments

comments

सम्बन्धित शिर्षकहरु

  • यस कारण अल्झियो एमाले–माओवादी एकतायस कारण अल्झियो एमाले–माओवादी एकता
    काठमाडौं । एकीकृत पार्टीमा दुई पक्षका नेताको व्यवस्थापन कसरी मिलाउने भन्नेमा एमाले–माओवादी एकताको गाँठो […]
  • कक्षा १२ को परीक्षाफल सार्वजनिककक्षा १२ को परीक्षाफल सार्वजनिक
    भदाै १५, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । जसमा नियमिततर्फ ४८ […]
  • कांग्रेसले गर्यो यस्तो निर्णयकांग्रेसले गर्यो यस्तो निर्णय
    काठमाडौँ,  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तराई–मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी […]
  • विहानै दुईवटा भूकम्पको धक्का
    असार १७ । काठमाडौँ, भूकम्पको पराकम्पन आउने क्रम अझै रोकिएको छैन । बिहीबार बिहान मात्रै दुई वटा पराकम्पन गएको […]

  • रत्नपार्कको पुनःनिर्माणपछि अवलोकन गर्न आउने सर्वसाधारणको संख्या बढेको हुँदा आम्दानी दोब्बर भएको छ […]
  • २२ तले धरहरा बन्दै
    साउन १८ । काठमाडौं,  पुरातत्व विभागले भूकम्पमा ध्वस्त ऐतिहासिक धरहराको पुनर्निर्माण गर्दै छ । विभागले २२ […]