अस्ट्रेलियामा फेरि अर्का नेपालीको दुखद् निधन

अोलङ्गन । पछिल्लो समय अस्ट्रेलियामा  नेपालीको मृत्यु भएको दुखद् खबर दिनानु बढ्दै गएको छ । एडिलेडमा शारीरिक अपाङ्गता भएका बालक बचाउन खोज्दा निश्चल घिमिरेको समुन्द्रमा डुबेर ज्यान गएको दुई साता नबित्दै अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको अोलङ्गनमा बसोबास गर्ने अर्का नेपालीको मृत्यु भएको छ ।

बिगत ५ वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दै अाएका सुजन दाहल सवार गाडी प्रिन्सेस हार्इवेमा रोकिराखेको ट्रमसँग ठोक्किँदा उनको घटनास्थलमै मृत्यु भएको हो । बिगत चार वर्षदेखि डोमिनोज पिज्जा सेन्टरमा काम गर्दै अाएका उनी बिहिबार करिब साँढे पाँच बजेतिर घर फर्कने क्रममा उक्त दुर्घटनामा परेका हुन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु