कांग्रेसले नेता गोविन्दराज जोशी सदस्यता समेत नरहने गरी कारवाहीमा,किन गरियो कारवाही ?

काठमाडौं । नेपाली कांग्रेसले नेता गोविन्दराज जोशीलाई कारवाही गरेको छ । उनलाई पाँच वर्षका लागि सदस्यता समेत नरहने गरी कारवाही गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पठाएको पत्रमा उल्लेख छ । मुख्य सचिव पौडेलले तनहुँका कांग्रेस सभापतिलाई पठाएको पत्रमा कारवाही गरिएको जनाएको हो ।

पत्रमा भनिएको छ, ‘गत स्थानीय, प्रदेश र संघको निवार्चनमा त्यस जिल्लामा पार्टीका आधिकारीक उम्मेद्वारा विरुद्ध विद्रोही उम्मेद्वार बनेका र त्यस्ता विद्रोही उम्मेदवारको प्रस्तावक र समर्थक बनेकाहरुको हकमा समेत पार्टी विधान र नियमावलीको उपरोक्त प्रावधान स्वतः आकर्षित हुने भएकाले उक्त मितिबाट नीजहरुको पार्टी सदस्यता नरहेको व्यहोरा जानकारी गराइन्छ ।’

कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित)को धारा ४९ (११) ख तथा नेपाली काँग्रेसमो नियमावली २०६८ को नियम ४१ (१) मा विद्रोहि उम्मेदवार, प्रस्तावक र समर्थको सदस्यता खारेज गरिने व्यवस्था छ । सोही व्यवस्था बमोजिम उनीहरुको सदस्यता खारेज गरिएको हो ।

यसअनुसार, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध विद्रोही उम्मेदवार पूर्वगृहमन्त्री गोविन्दराज जोशी, उनका प्रस्तावक हरिशरण पण्डित र समर्थक रामदेव पन्तको सदस्यता पाँच वर्षका लागि खारेज गरिएको हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु