गायक ईश्वर पोखरेलको नयां सांगीतिक कोशेली “कति राम्री” बोलको गीतले बजारमा पायो राम्रो चर्चा :

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

गायक ईश्वर पोखरेलको नयां सांगीतिक कोशेली “कति राम्री” बोलको गीतले बजारमा राम्रो चर्चा पाएको छ।

 

“कति राम्री मेरी माया मेरै नेपाल जस्तै ।”

एक नारायण भण्डारिका यी शब्दमा गायक ईश्वर पोखरेलले आफ्नो आवाज भरे । यो गीतले अहिले स्रोता तथा दर्शकहरुमाझ राम्रो चर्चा कमाएको छ। सो गीतमा आशीष अबिरलको संगीत रहेको छ भने रविन भुजेल र सारा स्रिपालीले अभिनय गरेका छन। नेपाली ठिटोस समूहले साथ दिएको सो गीतमा सुनिल क्षेत्रीले निर्देशन गरेका छन।

नेपाली सांगीतिक क्षेत्रमा लामो साधना सहित अष्ट्रेलियामा बसोबास गर्दै आएका गायक ईश्वर पोखरेलको यस अघि दुइ सोलो एल्बम “शीतल” र “अराइज” बजारमा आइसकेको छ,भने उनले दुइ दर्जन भन्दा बढि गीतमा आफ्नो आवाज भरेका छन। गायक पाखरेलको यस अघि ” कति बज्यो भनेर सोधम की” भन्ने गीत धेरै दर्शकहरुमाझ लोकप्रिय बनको थियो। उनको रातो रीबन,काली मोरी बोलको गीत थूप्रै दर्शकहरुमाझ लोकप्रिय बनेको छ।

गायक पोखरेलले नेपाली सांगीतिक क्षेत्रमा लामो साधना संग संगै अष्ट्रेलियामा विभिन्न परोपकारी कार्यमा आफ्नो सक्रिय सहभागिता सहित विभिन्न सामाजिक कार्य गर्दै आएका छन।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु