रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले सिड्नीमा अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा शुभकामना आदान प्रदान सहित वार्विक्यु कार्यक्रम गर्ने:

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

 

 

अष्ट्रेलियाको सिड्नीमा स्थापना गरिएको एक परोपकारी संस्था रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले सिड्नीमा अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा शुभकामना आदान प्रदान सहित वार्विक्यु कार्यक्रम गर्नेभएको छ।

सिड्नी स्थित टेम्पी पार्क (क्यान्ड्रिक पार्क भ्यु स्ट्रिट टेम्पी) मा आयोजना गरिने सो कार्यक्रम १३ जनवरी २०१९ आईतबार मध्यान्न १२ बजे बाट सुरु हुने बताइएको छ। नि:शुल्क प्रवेश रहने सो कार्यक्रममा स-साना नानी बाबुहरुको निम्ती विभिन्न मनोरञ्जनात्मक प्रस्तुती समेत रहने संस्थाका अध्यक्ष कृष्ण गैरेले असनेपालन्युजलाई बताए।

सन २०१५ मा सिड्नीमा स्थापना भएको सो संस्थाले  विगतमा परोपकारको निम्ती विभिन्न सांगितिक कार्यक्रमहरु गरेको छ भने सो सांगितीक कार्यक्रमबाट संकलित रकम रुपन्देहीको विभिन्न परोपकारी संस्थाहरुलाई हस्तान्त्रण समेत गरेको छ।

नयां वर्षको शुभकामना सहित वार्विक्यु कार्यक्रम गरिने सो कार्यक्रममा अभिभावकहरुले आफ्ना स-साना नानी बाबुहरुलाई सहभागि गराई विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीमा सहभागि गराउन सकिने आयोजकले बताएका छन। सो कार्यक्रमको विस्तृत जानकारीको निम्ती कृष्ण गैरे : 0434057761
ईश्वर पोखरेल :0410441412
महेश्वर शर्मा : 0425800382
दिवाकर काफ्ले : 0401207016 लाई फोन सम्पर्क गर्न सकिनेछ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु