सांसदका स्वकीय सचिवको तलब अब बैंकबाट

काठमाडौं । संघीय संसद् सचिवालयले सांसद र सचिवालयका पदाधिकारीहरूको तलब बैंक खातामै भुक्तानी दिने तयारी थालेको छ। सचिवालयले सांसदहरूलाई एसएमएस पठाउँदै आफ्ना स्वकीय सचिव र उनीहरूको बैंक खाता सचिवालयमा जानकारी दिन सूचित गरेको छ। राजधानी दैनिकमा प्रकाशित समाचारअनुसार स्वकीय सचिवको माघ महिनाको तलब एभरेस्ट बैंकको खातामा उपलब्ध गराइदिने तयारी सचिवालयले गरेको हो।

त्यसका लागि स्वकीय सचिवको नियुक्तिको फारामसमेत डिजाइन गरेर सांसदहरूलाई उपलब्ध गराएको सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए। नागरिक दैनिकमा प्रकाशित ‘संसदका स्वकीय सचिवालय कर्मचारी तलब : आफ्नै खातामा पठाइने’ शीर्षकको समाचारमा अहिलेसम्म ८९ जनाले बैंकमा खाता खोलेको उल्लेख छ।

सचिवालयमा रहने सवारीचालक र कार्यालय सहयोगीको रकम बैंक खातामा पठाउन व्यावहारिक कठिनाइ हुने भए पनि अब उनीहरूको तलब पनि बैंक खातामै पठाउने तयारी भएको एक अधिकारीले बताए।

Comments

comments

सम्बन्धित शिर्षकहरु