हसिनाद्वारा प्रधानमन्त्रीको शपथ ग्रहण

एजेन्सी । बंगलादेशको अवामी लिगकी अध्यक्ष शेख हसिनाले सोमबार प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन् । राजधानी ढाकास्थित बंगाभवनमा आयोजित समारोहमा ७१ वर्षीय हसिनालाई राष्ट्रपति मोहम्मद अब्दुल हमिदले शपथ दिलाएका हुन् ।

बंगलादेशमा हालै भएको निर्वाचनमा आफ्नो दलले संसद्मा बहुमत हासिल गरसँगै हसिना पुनः प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । चार पटक बंगलादेशको प्रधानमन्त्री बनेकी हसिनाको यो लगातारको तेस्रो कार्यकाल हो ।
प्रधानमन्त्रीको शपथसँगै नयाँ मन्त्रीहरूलाई पनि राष्ट्रपतिले शपथ गराएका छन् । ४६ मन्त्रीमध्ये ३१ नयाँ अनुहारका भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु