सांसद रेशम चौधरीलाई रिहा गर्न सर्वोच्च अदालतद्धारा अस्विकार,संसद छिर्ने ढोका बन्द

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई रिहागर्न अस्विकार गरेको छ । कैलाली क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद चौधरीलाई थुनामै राख्न आदेश दिएको हो । सर्वोच्चका न्यायाधिशद्धय ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको सयुक्त इजलासले थुनामै राखेर मुद्धा अघि बढाउन आदेश दिएको छ । पाँच दिनअघि सांसदको सपथ लिएका उनीमाथिको कर्तव्य ज्यान मुद्दा पेशीमा चढेको थियो ।

इजलासले कैलाली जिल्ला अदालतको आदेश मिलेकै देखिएकाले उक्त आदेश खारेज नहुने आदेश गरेको हो । चौधरीमाथि जाहेरीकर्ताले किटानी पोल गरेको र सहअभियुक्तहरुले बयानमा पनि चौधरीको निर्देशनमा घटनामा संलग्न भएको बयान दिएका थिए । चौधरीले कसुर गरेको भनी विश्वास गर्न सकिने पर्याप्त र मनासिव आधार विद्यामान रहेको भन्ने २०७४ फागुन १४ को जिल्ला अदालतको आदेश र उच्च अदालत दिपायलको २०७४ चैत २२ को आदेश मिलेकै देखिँदा सो आदेशलाई अन्यथा परिवर्तन गरिरहन परेन, सर्वोच्चको आदेशमा भनिएको छ ।

उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाको आदेशविरुद्ध चौधरी २०७५ असार ५ गते सर्वोच्च पुगेका थिए । लामो समय फरार रही आत्मसर्मपण गरेका चौधरीलाई पुस १९ गते प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उनलाई सपथ गराएका थिए । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रहरी र आन्दोलनकारीको झडपमा एक बालकसहित ८ जनाको हत्या भएको थियो । सो घटनाको मुख्य दोषी चौधरीलाई देखाइएपछि उनी फरार भएका थिए । भारतका विभिन्न ठाउँमा लुकेर बसेका उनले फरारकै अवस्था प्रतिनिधिसभा चुनाव लडेका थिए भने ३४ हजार ३४१ मतका साथ विजय भएका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु